Showing posts with label राजनीतिको भित्तो. Show all posts
Showing posts with label राजनीतिको भित्तो. Show all posts

Wednesday, April 22, 2015

बागलुङमा जमानत जफतपछि एमाअोवादी उम्मेदवारले भने -पैसा अभावमा चुनाव हारियो

बाग्लुङ–१ को उप निर्वाचनमा नेपाली काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले एमाले उम्मेदवारलार्इ करिव दुर्इ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै चुनाव जितिन् ।  तर एमाअोवादीका तर्फवाट उम्मेदवार बनेका कृष्ण केसीको भने जमानत नै जफत भयो ।

चुनाव जितेपछि काँग्रेसका कार्यकर्ताहरु खुसी हुँदै पञ्चे बाजा र अविर जात्रा गर्दै विजयी जुलुस निकाले भने एमाअाेवादीका उम्मेदवारको जमानत जफत भएपछि एमाअोवादीभित्र रुवावासी भयो । रुवाबासी होस् त त्यस्तो चुनावमा जमानत जफत भएकोमा र चुनाव हारेकोमा होइन अाफूहरुले जनतालार्इ पैसा बाँड्न नसकेर चुनावमा पराजय भोगेको भन्दै दामको रुवाइ भयो । विस्तृतमा...

खेती किसानीमा व्यस्त जेपी गुप्ता भन्छन्-प्रचण्ड अलपत्र क्रान्तिकारी भए

एमाअोवादीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड अाफूलार्इ नेपालका अन्य कम्युनकष्ट पार्टी र तिनीहरुका नेताहरु भन्दा कट्टर क्रान्तिकारी नेता भन्छन् । र यथार्थमा हुन् पनि । तर एमाअाेवादी पहिलो स‌विधानसभाको निर्वाचनवाट सवैभन्दा ठूलो दल भएर अाएपछि प्रधानमन्त्री भएका प्रचण्डले नेपाली सेनामा लोकतान्त्रिक नियन्त्रणको प्रविधि निर्माणमा भन्दा टहलुवा जर्नेलहरूको खोजी तर्फ बढी जोड दिए ।

Saturday, November 22, 2014

लाइसेन्स र ब्लुबुकको साटो युवतीसँग किस मागेपछि....

चेकिङका क्रममा सामान्यता ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन, तर मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन्। 

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन्। प्रहरी आचरणविपरीतको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेका छन्।

Friday, November 21, 2014

हिन्दूराष्ट्रको माग गर्दै सडकमा माओवादी पुर्व लडाकुहरु !


बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले हिन्दूराष्ट्रको पूनस्थापनाका लागि राष्ट्रव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । 

 संघर्ष समितिले पाश्चात्य संस्कृतिका ठेकेदारहरुले क्रिश्चियनहरुबाट डलर खाएर नेपाललाई धर्म निरपेक्षता राष्ट्र बनाएको भन्दै तत्काल हिन्दूराष्ट्र कायम गराउन आफूहरु आन्दोलनमा होमिने जानकारी दिएको हो ।

Wednesday, August 13, 2014

सुशील दा'का पूर्वपिएले लक्ष्मण ढकाल भन्छन्-रहस्य खोले कांग्रेसमा ठूलै भूकम्प जान्छ

नेपाली काङ्गे्रसका युवा नेता एवम् लामो समयदेखि सुशील कोइरालाको सहयोगी रहँदै आएका लक्ष्मण ढकालले आफू अझै धैर्य गर्ने बताउँदै सबै रहस्य खोल्नुपर्यो भने ठूलै भूकम्प जाने बताएका छन् ।

सुरज र सहानाको खण्डन-जवानी उम्लिएको पनि छैन, बिसाएका पनि छैनौ

सोमबारको साँघु साप्ताहिकले कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा.... शीर्षकको समाचार छाप्यो । सोही समाचारले मिडियाको बजार लगायत सवै सोसल मिडियामा तहल्का नै पिट्यो । कुरा हो कान्तिपुर टीभीमा कल कान्तिपुर कार्यक्रम चलाउने  सुरज गिरी र मोडल तथा भीजे सहाना बज्राचार्यको ।

Thursday, August 7, 2014

राजा कमिजको फेर फड्कारेर सुइँसुइँ निस्किए

रुक्माङ्गद कटवाल

स्थिति झनझन बिग्रँदै गयो । सिनेट श्रेष्ठ, जगत गौचनजस्ता अलोकप्रिय व्यक्तिलाई मन्त्री बनाएर दरबारले दलहरूसँग कुनै हालतमा सम्झैता नगर्ने मनसाय बनाएको प्रस्टै बुझन्थ्यो।  राजाको यस्तो ढिपीले ठूलै दुर्घटना निम्तिनसक्ने खतरा म देखिरहेको थिएँ । आफूमाथिका हाकिमलाई लगातार सचेत गराउँदा र दरबारमै सुझाव पठाउँदा पनि सुनुवाइ नभएपछि मेरो छट्पटी बढ्न थाल्यो ।

मान्छे कि अज्ञानी हुनुपर्छ, कि बुझेपनि बुझ् पचाउनसक्ने ढोंगी, नभए आफ्नै विचारको तापले चौबीसै घन्टा आगोको भुङ्ग्रोमा बसेजस्तो हुँदो रहेछ ।

मलाई त्यस्तै भइरहेको थियो ।

म आफ्नो ब्रह्म–विवेकले देखेको कुरा हुबहु राजाको कानसम्म पुर्‍याइदिने विश्वासपात्रको खोजीमा थिएँ । धेरै सोचविचार गरेपछि झ्ट्ट प्रभुशमशेर राणालाई सम्झिएँ । उहाँ ज्ञानेन्द्र सरकारका अत्यन्त निकट मित्र हुनुहुन्थ्यो ।
अधिराजकुमार हुँदा त ज्ञानेन्द्र सरकार, शाहज्यादा पारस, शाहज्यादी प्रेरणा लगायतको बासै कान्तिपथको प्रभु निवासमा हुन्थ्यो भन्ने सुनेको थिएँ । राजा भएपछि पनि ज्ञानेन्द्रको सबैभन्दा निकटस्थमा प्रभुशमशेरको नाम आउँथ्यो ।

उहाँसँग मेरो हङकङदेखिकै चिनजान थियो । एकदमै निस्वार्थी र निस्फिक्री खालको मान्छे । विषय तोडमरोड गर्नुहोला भनेर चिताउनै नसकिने । मैले कैयौंपटक उहाँकहाँ खानेबस्ने गरेको थिएँ ।

एक दिन बिहानै प्रभुशमशेरलाई फोन गरेँ । उहाँले बिहान साढे ९ बजेको समय दिनुभयो ।

मैले माघ १९ यता सेनापति र दरबारका एडिसीमार्फत् दिएका सुझाव बताएँ । त्यसको फिटिक्कै सुनुवाइ नभएको गुनासो गरेँ । सबै कुरा राख्न एक घन्टा लाग्यो । दरबारले पार्टीको मानिस, पार्टीले दरबारिया ठान्ने अवस्थामा म थिएँ । छिनछिनमा भावुक भएँ । कतिचोटि त आँसु लुकाउनधरि सकिनँ।

‘प्रभु राजा, हजुरले कटवालको बिन्ती चढाई यस्तो छ भनेर महाराजाधिराज सरकारलाई मर्जी बक्स्योस्,’ मैले अनुरोध गरेँ, ‘राजतन्त्रको हितका लागि कटवालले यस्तो बिन्ती गरेको छ भनेर सुनाइदिबक्स्योस् ।’

मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो ।

‘ओके आई विल म्यानेज टाइम,’ उहाँले आश्वासन दिनुभयो ।

(ठिक छ म समय मिलाउँछु ।)

मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । मैले त उहाँलाई सन्देशवाहक मात्र बनाउन खोजेको थिएँ, उहाँले त दर्शनभेटकै चाँजो मिलाउने हुनुभयो ।

एक सातामा मैले निम्तो पाएँ । प्रभु निवासमा डिनर राखिएको रहेछ । एआइजी कृष्ण बस्नेत, अर्थमन्त्री मधुकरशमशेर राणा, लव राजा (सल्यानी राजा– ज्ञानेन्द्र सरकारका कोर्ट जेस्चरजस्तै) र अरू निम्तालु थिए । त्यहाँ अनौपचारिक कुराकानी भयो ।

‘हिज मेजेस्टी इज वेटिङ (महाराजाधिराज सरकार भित्र कुरिरहनुभएको छ),’ प्रभुले भित्रपट्टिको एउटा कोठातिर इसारा गर्दै भन्नुभयो, ‘सवारी होस् ।’

मेरो हातमा ह्विस्की थियो । एकै घुट्कोमा सकूँ कि फालूँजस्तो भयो ।

‘ड्रिङ्क के गरौं ?’ मैले सोधेँ ।

‘लिएरै सवारी होस्,’ उहाँले भन्नुभयो ।

मैले ज्ञानेन्द्र सरकार पनि ड्रिङ्क लिएरै बस्नुभएको बुझेँ ।

हातमा ह्विस्कीको गिलास लिएर म भित्री कोठामा छिरेँ ।

छिर्नेबित्तिकै सलाम टक्र्याएँ ।

राजा ज्ञानेन्द्रले अगाडिको कुर्सी देखाएर बस्न इसारा गर्नुभयो । उहाँ निकै मुडमा देखिनुहुन्थ्यो । मैले सोझै भनेँ, ‘सरकार केही कुरा बिन्ती चढाऊँ कि ?’

‘गो अहेड,’ उहाँबाट हुकुम भयो ।

‘सरकार, राजतन्त्र र देश अप्ठेरो परिस्थितिमा फसिसक्यो,’ मैले आफूले बुझेको कुरा खुलस्त बताएँ, ‘प्रजातन्त्रमा विश्वास गर्ने नेताहरूलाई सत्ता सुम्पिबक्सनु राम्रो हुन्छ सरकार ।’

राजाले ‘ए, अँ’ भन्नुभएकोसम्म सुनियो । त्यसपछि हातको ह्विस्की गिलास ट्वाक्क टेबुलमा राख्नुभयो । जुरुक्क उठ्नुभयो । कमिजको पछाडिको फेर फड्कारेर सुइँसुइँ बाहिर निस्किनुभयो ।

म हेरेको हेर्‍यै भएँ ।

त्यसपछि हामी डिनरतिर लाग्यौं । राजारानीको डिनर भिन्नै ठाउँमा थियो । राजा फर्किने बेला ११-१२ बजेतिर सबैजना लाम लागेर उभियौं । राजा आफैं ड्राइभ गरेर जाने तयारी भएको बुझिन्थ्यो।

मैले तनक्क तन्केर स्यालुट गरेँ ।

राजाले मतरि हेर्दै हेर्नुभएन ।

...

माओवादीले बुटवल हाने ।

हामी भोलिपल्ट बिहानै हेलिकप्टरमा पुग्यौं । बुटवलमा भएको जनधन क्षतिले मेरो मन छियाछिया भयो । सुरक्षाफौजको आफ्नै कमीकमजोरीका कारण त्यो क्षति हुन गएको थियो ।

बुटवलबाट फर्किएपछि दरबार जानुपर्ने कार्यक्रम रहेछ । यसपालि सुरक्षा प्रमुखहरूसँगै हामी सेकेन्ड–म्यानहरूलाई पनि डाकिएको रहेछ । जनपद, सशस्त्र, गुप्तचरका सेकेन्ड–म्यान मभन्दा पहिल्यै पुगिसकेका रहेछन् । लव राजा, प्रभुशमशेर, भरतकेशरी जर्साप पनि हुनुहुन्थ्यो ।

‘बुटवलमा के भएको रहेछ ?’ राजाबाट जिज्ञासा भयो ।

‘मैले कटवाललाई पठाएको थिएँ, उसले नै जाहेर गर्छ सरकार,’ प्यारजंग चिफसापले मलाई इसारा गर्नुभयो ।

‘सरकार, सुरक्षा फौजकै कमीकमजोरी र लापरबाहीले क्षति हुन पुगेको रहेछ,’ मैले जाहेर गरेँ ।

‘आइ होप यु विल टेक केयर अफ देम, चिफ,’ राजाबाट हुकुम भयो ।

(मलाई आशा छ, तिमी स्थिति सम्हाल्नसक्छौ सेनापति ।)

त्यतिञ्जेल ह्विस्की सर्भ भइसकेको थियो ।

एक्कासि भरतकेशरी जर्साप बोल्न थाल्नुभयो । सामान्यतया उहाँ बोल्न थालेपछि धाराप्रवाह जान्छ । अरूले मौकै पाउँदैन ।

‘अठार सालमा हामीले अत (अराष्ट्रिय तत्व) लाई ढिम्किन दिएका थिएनौं,’ उहाँले सेना र प्रहरीलाई तथानाम गाली गर्न थाल्नुभयो, ‘नाउ ह्वाट द हेल यु पिपल आर डुइङ ?’

(अहिले तिमीहरू के गरिरहेका छौ ?)

मेरो कन्सिरीका रौं तातिसकेका थिए । तैपनि चिफसाप नबोली म आफैं अघि सर्न सुहाएन । जनपद र सशस्त्रका आइजिपी पनि केही बोलेनन् । अनुसन्धान चिफ पनि मौन ।

सबैलाई मौन देखेपछि भरतकेशरी जर्साप झ्नै सुरिनुभयो, ‘फौजले मलेसियामा कम्युनिस्टलाई धूलो चटायो, यहाँ के लछारपाटो लायौ ?’

हिजो भर्खर दर्जनौं सिपाही मरेका छन् । उनीहरूका घरमा रुवाबासी चलिरहेकै छ । यहाँ दरबारमा चिसो ह्विस्की पिउँदै मैदानमा ज्यान गुमाइरहेका सिपाहीको मानमर्दन हुँदा मेरो धैर्यको बाँध टुट्दै थियो ।

‘महाराजाधिराजलाई यो ठूलो धोका हो,’ उहाँले राजाको ध्यानाकर्षण गराउन खोज्नुभयो ।

भरतकेशरी जर्सापको एकोहोरो गाली सुनिसकेपछि मैले राजाले थाहा पाउने गरी चिफसापसँग बोल्न अनुमति मागेँ । उहाँले ‘बिन्ती चढाऊ’ भनेर राजालाई देखाउनुभयो ।

‘एक–दुइटा कुरा राखौं सरकार,’ मैले अनुमति मागेँ ।

‘गो अहेड,’ सरकारबाट हुकुम भयो ।

‘मलेसियामा जर्नेलले जे निर्णय गर्‍यो त्यही हुन्थ्यो,’ पहिलो वाक्यमै मैले सबैको ध्यान तानेँ, ‘त्यहाँ इयान मार्टिन, राजदूत, युएन, पत्रकार, एनजिओ, आइएनजिओ थिएनन् । पार्टी थिएन । प्रजातान्त्रिक संयन्त्रको कुनै मतलब थिएन । जर्नेलको एकछत्र आदेश चल्थ्यो । ऊसँग प्रशस्त हतियार, गोलीगट्ठा, स्रोतसाधन र बन्दोबस्तीका सामान थिए । हामीले मानवअधिकारका दर्जनौं कानुन मान्नुपर्छ, मलेसियामा त्यस्तो बन्देज थियो ?’

त्यसपछि म जर्सापले भनेको २०१८ सालको घटनामा आएँ ।

‘अहिलेको विश्व ०१८ सालको जस्तो छ जर्साप ?’ मैले भनेँ, ‘सरकार र सुरक्षा फौजलाई अहिले संसारभरिबाट निगरानी हुन्छ । ०१८ साल सम्झेर अघि बढ्यो भने हावा खाइन्छ । महाराजाधिराज सरकारलाई पनि त्यस्तो पुरातन कुरा जाहेर गर्ने ? धरातलीय यथार्थ र अन्तर्राष्ट्रिय परिस्थिति बुझनु छैन, एसी कोठामा ह्विस्कीको चुस्की लिँदै प्रेसी (पुस्तिका) पढेको भरमा गफ दिन धेरै सजिलो छ जर्साप । लडाइँ कस्तो हुन्छ, रुकुम–रोल्पाका ट्रेन्चमा बसेर लड्ने सिपाहीलाई थाहा छ । ०१७–०१८ सालतिर लाठाघोचा र भरुवाको भरमा हिँड्ने एकाध सय अत र अहिलेका आतंककारी तुलना गर्न मिल्छ ?’

राजाका अगाडि म एक्लै बोलेको बोल्यै थिएँ । मैले बोलुञ्जेल कोठाभरि सन्नाटा छायो ।

भरत जर्सापलाई म लप्टन हुँदादेखि नै चिन्छु । आर्मी अफिसर ‘फिजिकली टफ’ हुनुपर्छ भन्ने मैले उहाँबाटै सिकेको हुँ । तैपनि उहाँको कुरा पचाउन नसकेर प्रतिकार गर्नैपर्ने अवस्था आयो ।

मेरो कुरा सकिएपछि महाराजाधिराज सरकार ह्विस्कीको गिलास ट्वाक्क टेबुलमा राखेर प्रभुशमशेरको घरमा जस्तै जुरुक्क उठेर अर्को कोठामा छिर्नुभयो । कसैलाई केही भन्दै भन्नुभएन । ड्युटी एडिसी विनोज उहाँको पछिपछि लागे ।

राजा बाहिरिएपछि सबै जर्‍याकजुरुक उठे ।

माहौल बिथोलियो ।

मलाई पनि के गरूँ, कसो गरूँ भयो । म रेस्ट–रुमतिर लम्किएँ । पछाडिबाट कसैले च्याप्प समात्यो । प्रभुशमशेर र आइजिपी श्यामभक्त थापा हुनुहुँदो रहेछ । दुवैजना भलाद्मी मान्छे ।

‘सरकारको अगाडि आज बल्ल कोही बोल्यो, मुख खोल्यो,’ दुवैले मलाई चढाउँदै भने, ‘गज्जब बोल्नुभयो ।’

मलाई त झ्नै झेक चल्यो ।

भनेँ, ‘राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ ?’

(अर्को साता नेपालयबाट प्रकाशित हुन लागेको रुक्माङ्गद कट्वालको आत्मवृत्तान्तबाट)

‘चरी मर्‍यो सिसैको गोलीले’.......

२३ असार ०७० : धादिङबाट फर्कंदै गरेका डन चरीलाई प्रतिद्वन्द्वी समूहले सतुंगलमा गोली हान्यो ।

२१ साउन ०७१ : धादिङ जाँदै गरेका डन चरीलाई सीतापाइलामाथि भीमढुंगामा प्रहरीले गोली हान्यो ।

एक वर्षअघि डन राधेको समूहले हानेको गोली खाएर पनि दिनेश अधिकारी चरीले ज्यान जोगाएका थिए, तर यसपालि प्रहरीको गोलीको अगाडि उनको केही लागेन, घटनास्थलमै निधन भयो ।

दर्जनौँ आपराधिक घटनाका आरोपी चरी प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । पक्राउ गर्न खटिएका प्रहरीलाई उनले विदेशबाट फोन गरी ज्यान मारिदिने धम्कीसमेत दिँदै आएका थिए ।

धादिङ एमालेका पूर्व क्षेत्रीय उपाध्यक्ष उनी केपी ओली, राजेन्द्र पाण्डे, महेश बस्नेतलगायत नेताको प्रिय थिए । चरीलाई संरक्षण गरेको भनेर मिडिया र सामाजिक सन्जालमा ओलीको आलोचना पनि हुँदै आएको थियो ।

तर, ओली समूहकै नेता वामदेव गौतम गृहमन्त्री भएपछि केन्द्रीय नेताहरूसँग चरीको सम्बन्ध बिग्रिएको थियो । एमालेकै नेता गृहमन्त्री भएको वेला सफाइ पाउनुपर्ने उनको मान्यता थियो । तर, गृहमन्त्री गौतम र ओलीले समेत सहयोग नगरेको भन्दै उनी रुष्ट भएका थिए । संरक्षण नगरेको भन्दै नेता र पक्राउ गर्न खोजेको भन्दै प्रहरीलाई धम्क्याउन थालेपछि चरी प्रहरीको तारो बनेका थिए । बुधबारको इन्काउन्टर त्यसैको परिणाम भएको स्रोतको दाबी छ ।

आफूलाई प्रहरीले पक्राउ गर्दा लागुऔषधसमेत राखिदिएर गम्भीर मुद्दामा फसाउन सक्ने भन्दै उनी सुरक्षित तरिकाले आत्मसमर्पणको तयारीमा थिए । प्रेमिका खुश्बु ओलीसँग नियमित सम्पर्कमा रहेको स्रोत बताउँछ ।

गुन्डागर्दीका नाइकेमध्ये पनि उनी उग्रस्वभावका व्यक्ति मानिन्थे । कहिल्यै नसुध्रने भएकाले यस्ता व्यक्तिलाई इन्काउन्टर गर्नुपर्ने प्रहरी अधिकारीले उठाउँदै आएका थिए ।

कसरी भए डन ?

धादिङको त्रिपुरेश्वर घर भएका उनी पहिला कांंग्रेसनिकट थिए । झगडालु स्वभाव भएकाले कांग्रेसभित्र पनि उनको झगडा भइरहन्थ्यो । पछिल्लो समय उनका परम् शत्रु रहेका राधे भण्डारी पहिला उनका मित्र थिए । दुवैजना कांग्रेसमा सँगै राजनीति गर्दथे ।

प्रहरीका अनुसार ०६१ बाट उनले काठमाडौंमा गुन्डागर्दी सुरु गरेका हुन् । गुन्डागर्दीमा सुरुमा राधे र चरी एउटै समूहमा थिए । दुईजनाबीच सम्बन्ध चिसिँदै गएपछि धादिङमा दुई पक्षबीच पटक–पटक ‘ग्याङफाइट’ हुन थाल्यो । त्यसपछि चरी कांग्रेस छाडेर एमालेतर्फ लागे । एमालेमा नेताहरूको समेत संरक्षण पाएपछि उनको झन् धेरै प्रचार भएको हो । काठमाडौंको नयाँबजार क्षेत्रलाई अखडा बनाएर गुन्डागर्दी र हप्ता असुली सुरु गर्दै आएका थिए । पहिलोपटक उनी ०६२ मा पक्राउ परेका हुन् । त्यसवेला उनी टोले गुन्डा थिए । त्यसपछि पाँचपटक विभिन्न अपराधमा उनी पक्राउ परे । तर पनि कहिल्यै सुध्रिएनन् । साढे दुई वर्षअघि गैँडाको खागसहित सिआइबीले उनलाई पक्राउ गरेको थियो । त्यो मुद्दामा पनि सफाइ पाई छुटेका थिए ।

चर्चित हुनका लागि ‘चरी’ उपनाम राखेका उनले केही वर्ष जापानमा समेत बिताएका थिए । पछिल्लो समय उनमा क्यासिनोको लत बसेको थियो । क्यासिनोमा करोडभन्दा बढी हारेको उनीनिकट बताउँछन् । खर्च जुटाउन व्यापारी र ठेकेदारलाई धम्क्याउनेबाहेक उनको अरू स्रोत थिएन । जुवाको लतले पनि उनी थप अपराधतर्फ लागेका थिए । साभार - नयाँ पत्रिका दैनिकबाट

चरिमाथि प्रहरीले यसरी सफल बनायो अप्रेसन

एसएसपी पुष्कर कार्की

दुई साताअघिदेखि नै हामीले राजधानीमा फरार अभियुक्तको खोजी अभियान सुरु गरेका थियौँ । किनकि गुन्डागर्दीका नाइकेहरूले दु:ख दिएको व्यवसायीका गुनासा पनि बढिरहेका थिए ।

व्यवसायीलाई धम्क्याएर असुल्ने गुन्डाका केही नाइकेलाई केन्द्रमा राखी हामीले खोजी अप्रेसन चलाएका थियौँ । करिब एक दर्जन व्यक्ति हाम्रो खोजीको सूचीमा थिए । उनीहरूको बारेमा सूचना लिइरहेका थियौँ ।

दिनेश अधिकारी चरी पनि हाम्रो खोजीको सूचीमा थिए । उनी काठमाडौं आउने–जाने गरेको खबर हामीले पाएका थियौँ ।   (बुधबार) पनि हामीले तीन–चार ठाउँमा एम्बुस चेकिङ राखेका थियौँ । भीमढुंगा धादिङ जाने बाटो भएकाले हाम्रो टोली त्यहाँ पनि थियो । अपराधीहरूले त्यो बाटो प्रयोग गर्ने हाम्रो आशंका थियो ।

चेकिङकै क्रममा एउटा मोटरसाइकलमा शंकास्पद एक व्यक्ति भाग्यो । प्रहरीको सिभिल गाडीले पछ्यायो, भीमढुंगाको उकालोको मोडमा उनले प्रहरीलाई दुई राउन्ड गोली हाने ।

त्यसपछि आत्मरक्षाका लागि प्रहरीले पनि फायरिङ गर्‍यो । केही समय गोली हानाहान भयो । उनी ढले । हेलमेट खोलेर हेर्दा मोस्टवान्टेड चरी रहेछन् । अप्रेसनमा लडेर हाम्रा एक कर्मचारी पनि सामान्य घाइते भएका छन् । स्रोत -नयाँ पत्रिका

Friday, February 14, 2014

कांग्रेसवाट को को बन्दैछन् मन्त्री ?

कांग्रेसभित्र मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । अहिलेसम्म २१ भन्दा बढी नेताले मन्त्रीको दाबी गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएका प्रधानमन्त्री कोइराला सकभर विवादमा नआएका नेतालाई मात्रै मन्त्री बनाउने योजना छन् । 

प्रधानमन्त्री कोइरालाले यसअघि पनि पटक-पटक मन्त्री भइसकेका पुरानै नेता डा. रामशरण महतलाई मन्त्रीको सपथ खुवाएपछि भने पुराना नेताहरुले पनि मन्त्री बन्ने तिव्र आकांक्षा देखाएका छन् ।

एमाले सरकारमा आएको अवस्थामा अब करिब ८ वटा मन्त्रालय आफ्नो भागमा पर्ने अनुमान लगाइएका बेला कांग्रेसभित्र २१ भन्दा बढी सभासदहरुले मन्त्री बन्ने आकांक्षा देखाएको बताइन्छ । 

पत्रकारलाई प्रधानमन्त्रीको जवाफ !

प्रधानमन्त्री चयनका लागि  सोमबार विहान ११ बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक एक घण्टापछि १२ बजेमात्रै सभामुख सूर्यबहादुर थापाले सुरु गरे । कोइरालाको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरियो । उनको पक्षमा ४०५ र विपक्षमा १४८ मत आयो । कोइराला औपचारिकरुपमा संसदबाट नेपालको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भए ।

विपक्षमा मतदान गरेका एमाओवादी, राप्रपा नेपाललगायतका विपक्षी दलका नेताहरु हतार-हतार बिहिरिए । सत्तापक्ष एमालेका नेताहरु पनि संसद भवनबाट निस्किएर आ-आफ्नो बाटो लागे ।

 बाहिर नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गर्न कांग्रेसी कार्यकर्ता, सुभेच्छुकको भवन परिसरमै बाक्लै उपस्थिति थियो ।

Monday, February 10, 2014

प्रधानमन्त्री सुशीलका १२ बुँदे प्राथमिकता, छैनन् केही नयाँ !

 नवनिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले आफ्नो सरकारका १२ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । कोइरालाले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउने बताएका छन् ।

यस्तो छ प्रधानमन्त्री सुशील दा'को जीवनको उकाली ओराली

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट वि।सं। १९९६ साउनमा जन्मिएका सुशील कोइराला हलिउडको हिरो हुने लक्ष्यलाई परिवर्तन गरेर राजनीतिमा आएका हुन् । सोमवार उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘भाग्यमानी’ ठहरिएका छन् ।


Wednesday, January 22, 2014

सुशील बन्न तम्सिरहने, खुमबहादुर भने उन्को सपना साकार हुँदैन भनिरहने ?

मंसिर ४ मा भएको संविधान सभाको दोस्रो निर्वाचनवाट नेपाली काँग्रेस मुलुकको ठूलो पार्टी बन्यो । ठूलो पार्टीको हैसियतले सरकारको नेतृत्वका लागि अग्रसर भइरहेको छ । तर पार्टीभित्रैको कलह भने मत्थर हुन सकेको छैन । सरकारको नेतृत्वका विषयमा पार्टी सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच कुरा मिल्न सकेको छैन । 


संसदीय दलको नेता चयनका लागि प्रवक्ता दिलेन्द्र बडु संयोजक रहेको निवार्चन समितिले १२ गते विहान साढे ८ बजेका लागि चुनावको समय तोकको छ । यद्यपी तीन शीर्ष नेतावीच सहमतिको प्रयास भने जारी नै छ ।

Tuesday, January 21, 2014

बाउबाट छोराले शपथ खाने ? अनि भन्ने गिनिज बुकमा नाम लेखाउने !

संविधानसभामा आफ्नै पिता सूर्यबहादुर थापाबाट सपथ ग्रहण गरेपछि सभासद सुनिल थापाले आफ्नो नाम गिनिज बुकमा लेखाउने बताएका छन् । धनकुटा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सभासद सुनिलले मंगलबार सपथ ग्रहणपछि भने, ‘संसारमा बाबुछोरा सांसद बनेका धेरै रहेछन्, तर बाबुले छोरालाई सपथ ग्रहण गराएको पहिलो घटना यहीमात्र रहेछ।

ज्येष्ठ सदस्यका नाताले सूर्यबहादुर थापाले सपथ ग्रहण गराउँदा छोरा सुनिलले पनि पिताबाट सपथ लिएका हुन् । सपथपछि खुशी हुँदै उनले भने, ‘आज म असाध्यै खुशी छु, अब  गिनिज बुकमा नाम लेखाउँछु ।’

सोमबार शीतल निवासमा राष्ट्रपति रामवरण यादवबाट सूर्यबहादुर थापाले सपथ लिएपछि छोरा सुनिलचाँहि अनलाइनमा सर्च गरेर विश्वमा बाबुले छोरालाई सपथ खुवाएको घटना खोज्न तल्लीन थिए ।

सवै सभासदले झलनाथको निर्देशन मान्ने,केपी भने खरानी रङको कोटमा आउने ?

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्ना सभासदलाई दौरा सुरुवाल, भादगाउँले टोपी र नीलो कोटमा सपथ ग्रहणमा उपस्थित हुन निर्देशन दिएका थिए । तर, खनालको निर्देशन स्थायी समिति सदस्य केपी ओलीले नै पालना गरेनन् ।

सपथ ग्रहणपछि नेताहरूले भने- स्वामित्वग्रहण गर्दै संविधान बनाउँछौं !

पद तथा गोपनीयताको सपथ ग्रहणपछि प्रमुख दलका नेताहरुले विगतमा मिलिसकेका विषयलाई पुनः विवादमा नल्याउने बताएका छन् । विगतका सहमतिमा टेकेर एक वर्षभित्रै जनतालाई संविधान दिने दृढतासमेत नेताहरुले व्यक्त गरेका छन् ।


Saturday, January 18, 2014

एमाओवादीको कुरो : उच्चवर्गलार्इ दुई वर्ष परिक्षणमा राख्ने,निम्न वर्गले भने ६ महिनामै सदस्यता दिइने


पहिलो संविधानसभामा ठूलो पार्टी बनेर दुर्इ पटक सरकारको नेतृत्व गरेको थियो  एमाओवादीले । तर गएको मंसिर ४ मा सम्पन्न दोस्रो संविधान सभामा भने एमाओवादी पहिलो पार्टीवाट तेस्रो पार्टीको हैसियतमा तल झर्यो ।

जारी केन्द्रीय समिति वैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको मुख्य कारण आन्तरिक भएको स्वीकार गरेका छन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी पुनःनिर्माणको प्रस्ताव गरिएको छ ।

Friday, January 17, 2014

प्रचण्डको दस्तावेज : काजीलार्इ समाउने, बाबुरामलाई डाँडै कटाउने !

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठले उठान गरेका फरक मतलाई दस्तावेजमा समावेश गरेर नरम नीति र भट्टराईको मुख्य मागलाई सम्वोधन सट्टा ‘बेवास्ता’ गरी दोहोरो नीति चालेको प्रतिवेदनमार्फत संकेत गरेका छन् । 

भट्टराईको ‘नेतृत्व दुई कार्यकाल भन्दा बढी बस्न नहुने’ प्रमुख एजेन्डालाई दाहालले सिंगो प्रतिवेदनमा कतै पनि समावेश गरेका छैनन, न त राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्छ भन्ने भट्टराईको मागलाई नै ठोस रुपमा सम्वोधन गरेको दाहालले देखिन्छ ।

माओवादीको हालको अवस्था ‘मोर्चामा हारेको सेना झै’ भएको उल्लेख गरेका दाहालले नेतृत्व हस्तान्तरण नगर्ने तथा नभाग्ने संकेत गरेका छन् । ‘बिगतको गल्ति कमजोरीवाट शिक्षा लिएर क्रान्तिकारी दिशामा पहिला आफैलाई बदल्ने र सिंगो पार्टीलाई बदल्ने अभियानको नेतृत्व गरेर मात्र कसैले पनि आफ्नो नेतृत्वको औचित्य सिद्ध गर्न सक्छ,’ दाहालले नेतृत्व तत्काल नछाडने संकेत गर्दै भनेका छन, ‘अन्यथा इतिहासले निकै निर्मम तरिकाले आफनो कठोर फैसला नेतृत्वको बिरुद्ध लिनेछ ।’

Wednesday, January 15, 2014

रामचन्द्र अघि सर्दा कोइरालालाई उकुशमुकुश, देउवाले भने - मेरो पौडेल नै हो

काठमाण्डौ । प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न उपसभापति रामचन्द्र पौडेलले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र आफूसामू खुलस्तरुपमै कुरा राखेपछि सभापति सुशील कोइराला अप्ठेरोमा परेका छन् । प्रधानमन्त्रीका लागि शीर्ष तीन नेताले आकंक्षा देखाएपनि पौडेलले आफूले यसपटक प्रधानमन्त्री पाउनु पर्ने वताएपछि कोइराला झस्किएका छन् । 


नेतात्रय प्रधानमन्त्रीका आकंक्षी भएपछि यसको प्रभाव पार्टीका नेताहरुमा समेत परेको छ । संविधानसभाको निर्वाचनवाट आफ्नो नेतृत्वमा पहिलो पार्टी बनेकाले आफूलाई सहयोग गर्न सभापति सुशील कोइरालाले बताउँदै आएका छन् भने बरिष्ठ नेता शेरवहादुर देउवाले आफूलाई पार्टी चलाउने जिम्म दिइए प्रधानमन्त्रीको दावी नगर्ने वताउँदै आएका छन् ।