Tuesday, January 21, 2014

सवै सभासदले झलनाथको निर्देशन मान्ने,केपी भने खरानी रङको कोटमा आउने ?

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्ना सभासदलाई दौरा सुरुवाल, भादगाउँले टोपी र नीलो कोटमा सपथ ग्रहणमा उपस्थित हुन निर्देशन दिएका थिए । तर, खनालको निर्देशन स्थायी समिति सदस्य केपी ओलीले नै पालना गरेनन् ।


अनिवार्यरुपमा नीलो कोट लगाउनुपर्ने खनालको निर्देशनलाई लत्याउँदै ओली खरानी रंगको सुटमा सपथ लिन संविधानसभामा उपस्थित भएका थिए । एमालेका अधिकांश सभासदहरु खनालको निर्देशनबमोजिम नै उपस्थित थिए । एमालेका केही सभासदहरु आफ्नै भेषभूषा र संस्कृति झल्किने पहिरनमा सपथ ग्रहणका लागि उपस्थित भएका थिए ।

जेष्ठ सभासद सूर्यबहादुर थापाले मंगलवार संविधानसभा भवनमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सभासदलाई बिहान साढे ११ बजे सपथ ग्रहणका लागि बोलाइए पनि मध्यान्ह १२ बजेपछिमात्रै सपथ ग्रहण गराइएको थियो ।

No comments:

Post a Comment