Tuesday, January 21, 2014

बाउबाट छोराले शपथ खाने ? अनि भन्ने गिनिज बुकमा नाम लेखाउने !

संविधानसभामा आफ्नै पिता सूर्यबहादुर थापाबाट सपथ ग्रहण गरेपछि सभासद सुनिल थापाले आफ्नो नाम गिनिज बुकमा लेखाउने बताएका छन् । धनकुटा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सभासद सुनिलले मंगलबार सपथ ग्रहणपछि भने, ‘संसारमा बाबुछोरा सांसद बनेका धेरै रहेछन्, तर बाबुले छोरालाई सपथ ग्रहण गराएको पहिलो घटना यहीमात्र रहेछ।

ज्येष्ठ सदस्यका नाताले सूर्यबहादुर थापाले सपथ ग्रहण गराउँदा छोरा सुनिलले पनि पिताबाट सपथ लिएका हुन् । सपथपछि खुशी हुँदै उनले भने, ‘आज म असाध्यै खुशी छु, अब  गिनिज बुकमा नाम लेखाउँछु ।’

सोमबार शीतल निवासमा राष्ट्रपति रामवरण यादवबाट सूर्यबहादुर थापाले सपथ लिएपछि छोरा सुनिलचाँहि अनलाइनमा सर्च गरेर विश्वमा बाबुले छोरालाई सपथ खुवाएको घटना खोज्न तल्लीन थिए ।

यस्तो घटना काँहि नपाएपछि सुनिलले संविधानसभाका अध्यक्ष सूर्यबहादुर थापालाई यो विषयमा जानकारी गराउँदै हर्ष प्रकट गरेका थिए । तर, पूर्वप्रधानमन्त्री थापाले भने यसलाई सामान्यरुपमा लिँदै एउटा बहादुरले अर्को बहादुरलाई सपथ खुवाउनु सामान्य घटना भएको छोरालाई प्रतिक्रिया दिएका थिए । थप हेर्न यहाँ जानुस् 

No comments:

Post a Comment