Tuesday, January 14, 2014

उपेन्द्रले पार्टी ‘प्राइभेट बनाएको’ कुरो, महासचिवको हो यो चुर कुरो

तराई मधेस केन्द्रित तीन राजनीतिक दल बिच एकीकरणको प्रक्रिया सुरु भएको खबर दुई हप्ता अघि नागरिकमा लेखेको थियो । मंगलवार महन्थ ठाकुर नेतृत्वको तराई मधेस। लोकतान्त्रिक पार्टी (तमलोपा), उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीका पदाधिकारीसहितको बैठक पुन बसेछ ।
मंगलवार आफ्नो साप्ताहिक बिदा भएकाले
समाचार लेख्न सकिएन, जानकारीमा आएर पनि । हिजो सो एकीकरणको समाचार लेख्नका लागि सबै कुरा सामाग्री तयार भयो, बैठकमा के के भयो, त्यो पनि पाएँ । तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मोबाइलमा सम्पर्क हुन नसके पछि सो पार्टीका महासचिव रामसहाय यादवले फोन गरे । तर उनले अचम्मको कुरा भने आफुलाई पार्टी एकीकरण बारे कुनै जानकारी नै नभएकोबताए । जबकी, दुई हप्ता अघि मै सँग उनले पार्टी एकीकरणका लागि भएको छलफलको फेहरिस्त जानकारी दिएका थिए, जुनको उनकै नाम पनि उल्लेख गरी लेखेको थियो । 


तर, हिजो त अर्कै कुरा गरे, ‘त्यसबारे उपेन्द्रजीलाई सोध्नुहोस्भनेर पन्छिन पुगे ।त्यसपछि फोरम नेपालका युवा नेता अभिषेक प्रताप साहलाई फोन गरे । उनले त महासचिव यादव भन्दा एक कदम अघि बढेर भने, ‘फोरम नेपाल उपेन्द्रजीको प्राइभेट पार्टी भएको छ, प्रकाशजी उहाँलाई नै सबै थाहा होला, हाम्लाई त थाहा भएन ।पार्टीका दुवै खम्बाले यसो भने पछि म भने छक्क परे । पछि कुरा बुझदै जाँदा थाहा भयो, यसो भन्नुमा मुख्य कारण । 
समानुपातिकतर्फको सभासदमा यादव र युवा नेताद्धयको कुरा मिलेको रैनछ । केही दिन अघि त रामसहायले बैठक नै छोडेर हिडेका पो रहेछन् । खैर केही छैन, मंगलवार बैठकमा उपेन्द्रले पार्टी एकीकरण गर्ने बिषयमा सैद्धान्तिक सहमति भने गरिसकेका छन् । पार्टी फुटेको भन्दा पनि जुटेको राम्रो हो भन्ने मधेसी जनताको भावना छ, त्यसलाई सम्वोधन गर्छन कि गफैमा मात्र सिमित पार्छन, त्यो भने हेर्न बाँकी छ । 

No comments:

Post a Comment