Tuesday, January 7, 2014

माओवादीको आँखा सभामुखमा, कांग्रेसलाई समर्थन रे, एमालेलाई चाँइ पाखा

एकीकृत नेकपा माओवादी संविधान निर्माणसँग सरोकार राख्ने संविधानसभा अध्यक्ष (सभामुख) र संवैधानिक समितिको नेतृत्व आफूले पाउने सर्तमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाउने पक्षमा उभिएको छ।

तत्काल कांग्रेस नेतृत्वको सरकारमा नजाने निष्कर्षमा पुगेको एमाओवादीले संविधानसभा अध्यक्ष र संवैधानिक समितिको नेतृत्व दिनुपर्ने सर्त अघि सारेपछि त्यसबारे अनौपचारिक रूपमा दुवै पार्टीमा छलफल सुरु भएको छ। नेकपा (एमाले) ले भने 'कार्यकारी पद' माओवादीलाई दिए संविधान निर्माणमा फेरि उल्झन आउने भन्दै आपत्ति जनाउँदै आएको नागरिका पत्रकार प्रकाश तिमिल्सिनाले लेखेका छन्र ।

एमाओवादी पूर्वपोलिटब्युरो सदस्य देवेन्द्र पौडेलका अनुसार संविधान निर्माण प्रक्रियामा मुख्य निकाय मानिने संविधानसभा अध्यक्ष र संवैधानिक समितिको नेतृत्व माओवादीलाई दिनेबारे कांग्रेस नेतृत्वसँग अनौपचारिक छलफल जारी छ।

'पार्टी कांग्रेस नेतृत्वको सरकारमा तत्काल जाँदैन, तर संविधान निर्माणमा अग्रणी भूमिका खेल्न चाहन्छ,' पौडेलले भने, 'संविधानसभा अध्यक्ष र संवैधानिक समिति माओवादीलाई दिए कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाउन सक्छौं।' यी सर्तबारे कांग्रेस शीर्ष नेतृत्वसँग विभिन्न चरणमा अनौपचारिक छलफल भइसकेको पौडेलले जानकारी दिए। कांग्रेस यसमा 'सकारात्मक र लचिलो' देखिएको माओवादी बुझाइ छ।

No comments:

Post a Comment