Saturday, November 22, 2014

लाइसेन्स र ब्लुबुकको साटो युवतीसँग किस मागेपछि....

चेकिङका क्रममा सामान्यता ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन, तर मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन्। 

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन्। प्रहरी आचरणविपरीतको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेका छन्।

सहभागिता हो यौन सम्बन्ध -'गिभ एण्ड टेक'

-शितल दाहाल 

प्रेम सदावहार विषय हो। त्यसैले पनि प्रेमको बारेमा कुरा गर्न हामी अलि बढी नैै लालायित हुन्छौँ। हरेक जोडीको प्रेमभावका पछाडि यौन लुकेकै हुन्छ। यौन बारेको सार्वजनिक छलफल भने हाम्रो समाजमा अपाच्य छ।

Friday, November 21, 2014

हिन्दूराष्ट्रको माग गर्दै सडकमा माओवादी पुर्व लडाकुहरु !


बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले हिन्दूराष्ट्रको पूनस्थापनाका लागि राष्ट्रव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । 

 संघर्ष समितिले पाश्चात्य संस्कृतिका ठेकेदारहरुले क्रिश्चियनहरुबाट डलर खाएर नेपाललाई धर्म निरपेक्षता राष्ट्र बनाएको भन्दै तत्काल हिन्दूराष्ट्र कायम गराउन आफूहरु आन्दोलनमा होमिने जानकारी दिएको हो ।