Wednesday, April 22, 2015

नम्रतासँग के तपाई बिहे गर्नुहुन्छ ?

नम्रता उपन्यासलाई पठनीय र सन्देशमुलक बनाउनका लागि साथीहरुको सल्लाह, सुझाव ग्रहण गर्न ‘नोभेल नम्रता’ को नामबाट फेसबुक बनाएँ । त्यसमा यो फेसबुक किन बनाइएको हो भन्ने कुरा पनि स्पष्ट लेखिएको थियो । राम्रोसँग अध्ययन गर्नेले मैले नै यो बनाएको हुँ भन्ने पनि थाहा हुन्छ । 

किन उत्तेजक बन्छिन् गायिका ज्योति मगर ?

करिव एक दर्जन गीतमा स्वर दिएकी ज्योति मगर रातारात हिट् भएकी मोडल एवम् गायिका हुन् । उनको माग दिन प्रतिदन बढ्दो छ । ज्योतिको पहिरन र अभिव्यक्तिले कहिले काहिँ आफै समस्यामा पर्ने गरेकी छिन् । तर उनले आइरहने यस्ता विवाद र टिकाटिप्पणीलाई वेवास्ता गर्ने गरेकी छन् ।

बागलुङमा जमानत जफतपछि एमाअोवादी उम्मेदवारले भने -पैसा अभावमा चुनाव हारियो

बाग्लुङ–१ को उप निर्वाचनमा नेपाली काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले एमाले उम्मेदवारलार्इ करिव दुर्इ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै चुनाव जितिन् ।  तर एमाअोवादीका तर्फवाट उम्मेदवार बनेका कृष्ण केसीको भने जमानत नै जफत भयो ।

चुनाव जितेपछि काँग्रेसका कार्यकर्ताहरु खुसी हुँदै पञ्चे बाजा र अविर जात्रा गर्दै विजयी जुलुस निकाले भने एमाअाेवादीका उम्मेदवारको जमानत जफत भएपछि एमाअोवादीभित्र रुवावासी भयो । रुवाबासी होस् त त्यस्तो चुनावमा जमानत जफत भएकोमा र चुनाव हारेकोमा होइन अाफूहरुले जनतालार्इ पैसा बाँड्न नसकेर चुनावमा पराजय भोगेको भन्दै दामको रुवाइ भयो । विस्तृतमा...

अमेरिकाको न्युयोर्कमा यौन संग्राहलय !

संग्राहलय भन्न वित्तिकै पुराना तथा एतिहासिक महत्वका सामाग्रीहरु राखिएको हुन्छ सुरक्षित साथ । तर अमेरिकाको न्युयोर्कमा रहेको एउटा संग्राहलयमा भने यौन सामाग्रीहरुमात्रै राखिएको छ । जसका कारण उक्त संग्राहलयको नाम नै यौन संग्राहलय राखिएको छ अनि चर्चा पनि उत्तिकै छ ।

बच्चा जसका खुट्टामा २४ औँला, मुखमा ३२ दाँत छन्



माथि राखिएको त राम्रोसँग हेर्नु भयो होला । यदि तस्विर हेर्नु भयो भने केही त पक्कै थाहा पाउनु भयो होला ।   तस्विर हेर्दा सुरुमा अनौठो लाग्नसक्छ, हो कुरा अनाैठो नै छ । 

खेती किसानीमा व्यस्त जेपी गुप्ता भन्छन्-प्रचण्ड अलपत्र क्रान्तिकारी भए

एमाअोवादीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड अाफूलार्इ नेपालका अन्य कम्युनकष्ट पार्टी र तिनीहरुका नेताहरु भन्दा कट्टर क्रान्तिकारी नेता भन्छन् । र यथार्थमा हुन् पनि । तर एमाअाेवादी पहिलो स‌विधानसभाको निर्वाचनवाट सवैभन्दा ठूलो दल भएर अाएपछि प्रधानमन्त्री भएका प्रचण्डले नेपाली सेनामा लोकतान्त्रिक नियन्त्रणको प्रविधि निर्माणमा भन्दा टहलुवा जर्नेलहरूको खोजी तर्फ बढी जोड दिए ।

Saturday, November 22, 2014

लाइसेन्स र ब्लुबुकको साटो युवतीसँग किस मागेपछि....

चेकिङका क्रममा सामान्यता ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन, तर मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन्। 

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन्। प्रहरी आचरणविपरीतको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेका छन्।