Wednesday, April 22, 2015

किन उत्तेजक बन्छिन् गायिका ज्योति मगर ?

करिव एक दर्जन गीतमा स्वर दिएकी ज्योति मगर रातारात हिट् भएकी मोडल एवम् गायिका हुन् । उनको माग दिन प्रतिदन बढ्दो छ । ज्योतिको पहिरन र अभिव्यक्तिले कहिले काहिँ आफै समस्यामा पर्ने गरेकी छिन् । तर उनले आइरहने यस्ता विवाद र टिकाटिप्पणीलाई वेवास्ता गर्ने गरेकी छन् ।


विभिन्न स्थानमा हुने महोत्सवमा उनको माग ह्वात्तै बढेको छ । विदेशमा त झन् ज्योति नहुने हो भने कार्यक्रम नै खल्लो हुने गरेको उनका समर्थकहरूको भनाइ छ । त्यसका कारण पनि ज्योतिलाई साँस्कृतिक कार्यक्रमहरूमा सहभागी गराउनुपर्ने बाध्यता आयोजकलाई हुँदै आएको छ ।

पछिल्लो समय ज्योतिले सल्यान जिल्लामा भएको महोत्सवमा सहभागिता जनाएकी छन् । उनले आफ्ना उत्तेजक पोज र हाउभाउसहित समर्थकहरूलाई नचाएकी छन् । छाटो र कालो ड्रेसमा मञ्चमा उकिलिएकी ज्योतिले गीत गाउँदा सबै मस्त थिए । उनले आफ्नो हाउभाउमा सल्यानीहरूलाई लठ्ठै बनाएकी छिन् ।

त्यति मात्रै कहाँ हो र, ज्योतिले आफ्ना तीघ्रा देखिने गरेर मञ्चको तस्बिर खिच्न लगाएकी छन् ।ती तस्बिरहरू ज्योतिले सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरूको भित्तोसम्म पुराउन सफल भएकी पनि छन् । 

साैर्यवाट साभार

No comments:

Post a Comment