Friday, February 14, 2014

कांग्रेसवाट को को बन्दैछन् मन्त्री ?

कांग्रेसभित्र मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । अहिलेसम्म २१ भन्दा बढी नेताले मन्त्रीको दाबी गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएका प्रधानमन्त्री कोइराला सकभर विवादमा नआएका नेतालाई मात्रै मन्त्री बनाउने योजना छन् । 

प्रधानमन्त्री कोइरालाले यसअघि पनि पटक-पटक मन्त्री भइसकेका पुरानै नेता डा. रामशरण महतलाई मन्त्रीको सपथ खुवाएपछि भने पुराना नेताहरुले पनि मन्त्री बन्ने तिव्र आकांक्षा देखाएका छन् ।

एमाले सरकारमा आएको अवस्थामा अब करिब ८ वटा मन्त्रालय आफ्नो भागमा पर्ने अनुमान लगाइएका बेला कांग्रेसभित्र २१ भन्दा बढी सभासदहरुले मन्त्री बन्ने आकांक्षा देखाएको बताइन्छ । 

अनलाइनमा बिज्ञापन गरी गर्लफ्रेण्ड बिक्री !

भ्यालेन्टाइन डे नजिकै आइरहेको छ । यस्तो बेलामा प्रेमी-प्रेमिकाहरु एक अर्कालाई मन पर्ने उपहार खरिदको तयारीमा छन् । तर, बेलायतका एक प्रेमीले आफ्नी प्रेमिकालाई अनौठो भ्यालेन्टाइन गिफ्ट दिने सोच बनाएछन् ।

६ बर्षदेखि सँगै बसिरहेकी गर्लफ्रेण्ड डेबी मोरानको अल्छीबानीबाट दिक्क सावन कोल्सले उनलाई सामान किनवेच गर्ने साइट ‘इबे डटकम’ बिक्रिका लागि राखेका छन् ।

बिज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्वीर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, यसले घरधन्दा पनि गर्न सकिन, म यसलाई बेच्न चाहन्छु ।’

पत्रकारलाई प्रधानमन्त्रीको जवाफ !

प्रधानमन्त्री चयनका लागि  सोमबार विहान ११ बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक एक घण्टापछि १२ बजेमात्रै सभामुख सूर्यबहादुर थापाले सुरु गरे । कोइरालाको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरियो । उनको पक्षमा ४०५ र विपक्षमा १४८ मत आयो । कोइराला औपचारिकरुपमा संसदबाट नेपालको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भए ।

विपक्षमा मतदान गरेका एमाओवादी, राप्रपा नेपाललगायतका विपक्षी दलका नेताहरु हतार-हतार बिहिरिए । सत्तापक्ष एमालेका नेताहरु पनि संसद भवनबाट निस्किएर आ-आफ्नो बाटो लागे ।

 बाहिर नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गर्न कांग्रेसी कार्यकर्ता, सुभेच्छुकको भवन परिसरमै बाक्लै उपस्थिति थियो ।

सन्दर्भ प्रणय दिवस : किन अझै प्रतिवन्धित छ ‘तेस्रो लिंगी’मा प्रेम ?

भ्यालेन्टाइन डेका लागि विश्वराज अधिकारीको दिमागमा केही योजना बनेका छन् । कहाँ जाने ? कसरी रमाउने ? आदि प्रश्नले उनी रोमाञ्चित भएका छन् । सन् २०१३ का ‘गे ह्याण्डसम’ विश्वराज अहिले स्नातक तहमा अध्ययनरत छन् ।

यौनिक अल्पसंख्यकलाई नेपाली समाजले अझै सहजरुपमा स्वीकार्न नसकेको हुँदा उनले यौवनकालका केही वर्ष जोडी पाउन सकेनन् । ‘गत वर्ष मन मिल्ने साथी भेटें’ उनले खुसी हुँदै सुनाए, ‘यो वर्षको भ्यालेन्टाइन बबाल रमाइलो गरी मनाइन्छ ।’

तर, उनकी भ्यालेन्टाइन पार्टनरले भने आफ्नो नाम सार्वजनिक नहोस् भन्ने चाहिन् । ‘हामी गत वर्षदेखि सँगै छौं’ उनले यसो भनिरहँदा अर्की यौनिक अल्पसंख्यक पिंकीले थपिन् ‘उहाँहरु छिट्टै बिहे गर्दै हुनुहुन्छ ।’ विश्वराजले सही थपे र भने ‘हो हामी अहिले लिभिङ टुगेदरमा छौं । यसलाई औपचारिक मान्यता दिने सपना बुनिरहेका छौं ।’

त्रिचन्द्र कलेजमा सिकाइन्छ ‘लभ लेटर’ लेख्न !

कलेज जाने आफ्ना छोराछोरी प्रेमको चक्करमा नपरुन् भन्ने चिन्ता सबै बाबुआमालाई हुन्छ । तर, एमाले अध्यक्ष झलनाथ खनाललेसमेत अध्ययन गरेको नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र कलेजमा भने विद्यार्थीहरुलाई ‘लभ लेटर’ लेख्न प्रोत्साहित गरिन्छ । र, हरेक वर्ष विद्यार्थीले ‘लभ लेटर’ लेखेर एक प्रकारको परीक्षा समेत दिने गरेका छन् त्रिचन्द्र कलेजमा ।


‘भ्यालेन्टाइन डे’ को अवसर पारेर काठमाडौंको त्रिचन्द्र कलेजमा मायालुलाई प्रेम पत्र लेख्ने प्रतियोगिता हुने गरेको हो । त्रिचन्द्र कलेजमा ०५८ सालदेखि नै यसरी प्रेमपत्र लेखन प्रतियोगिता हुँदै आएको छ ।
 त्रिचन्द्र स्ववियु र नेविसंघ इकाइको सहयोगमा त्रिचन्द्र युथ फोरमले प्रत्येक वर्ष प्रेमपत्र लेखन प्रतियोगिता गर्दै आएको त्रिचन्द्र क्याम्पसका नेविसंघ इकाई सचिव पिताम्बर भण्डारी बताउँछन् । भण्डारीले १२ वर्षदेखि निरन्तर चल्दै आएको प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको बताए ।

प्रेम पस्ताव राख्दा होस् गर्नुस् राशी नमिल्न सक्छ

धेरैको चाहना हुन्छ, प्रेम सम्बन्ध अटुट रहोस् । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको अवसर पारेर प्रेम प्रस्ताव राख्न इच्छुक युवायुवतीहरु धेरै भेटिन्छन् । तर, भ्यालेन्टाइन भन्दा पनि आफ्नो राशी अनुसार प्रेम सम्बन्ध राख्न खोजे सफलता हात लाग्ने ज्योतिषीहरुको दाबी छ । ज्योतिष शास्त्र अनुसार तपाईं पनि राशीमा विश्वास गर्नुहुन्छ भने निम्न तरिका अपनाउन सक्नुहुनेछ ।

मेषः यो राशीका मानिसहरु खासगरी सिंह राशीप्रति आकषिर्त हुन्छन् । तर, मकर र कुम्भ राशीसितको सम्बन्ध दिगो हुने गर्दछ । मेष राशी भएकाहरु व्यक्तिगत कारणले अरु राशीलाई पनि मन पराउँछन्, तर प्रेमभन्दा व्यक्तिगत आधारमा ।

 मेष राशी भएकाहरुले प्रेम प्रस्ताव राख्ने उपयुक्त समय विहान हो । मेष राशी सूर्यसँग सम्बन्धित भएकोले सूर्योदयसँगै प्रेम प्रस्ताव राख्नु फलिफाप हुन्छ । मेष राशीका मानिसमा लेखाइभन्दा बोली प्रभावकारी मानिन्छ । त्यही भएकोले फेसबुक वा एसएमएसभन्दा पनि भेटेरै वा फोनमा प्रस्ताव राख्नु उपयुक्त हुन्छ ।

प्रस्ताव राख्दा पहिरनमा पनि ध्यान दिनुपर्दछ । यो बेला रातो कपडा लगाउनु राम्रो हो । पूर्व दिशामा फर्किएर प्रस्ताव राख्दा सफलता हात लाग्ने सम्भावना बढी हुन्छ । प्रस्तावसँगै गिफ्ट दिनुस्, झन् राम्रो । प्याजी रङ्गको कार्ड र माटोले निर्मित रातो उपहार दिनु बढी राम्रो हो ।

यो राशी भएकाहरुले प्रेमी वा प्रेमिकालाई तेलमा तारेको वा पोलेको खानेकुराले स्वागत गर्न ठीक हुन्छ । डेटिङमा जाँदा एकान्त तर उज्यालो ठाउँ छान्नुहोस् । किस खाँदा निधार रोज्नुहोस् । 

वृषः वृष राशीका लागि उपयुक्त भ्यालेन्टाइन कन्या राशीको छान्नु फाइदाजनक हुन्छ । सूर्योदयको चार घन्टाभित्र प्रेम प्रस्ताव राख्नु राम्रो हो । हुन त मिथुन, वृश्चिक र मकर राशीका व्यक्तिसँग पनि प्रेम गर्न सक्छन्, तर कन्या बढी उपयुक्त हुन सक्छन् ।

प्रस्ताव राख्दा फेसबुक, फोन वा एसएमएसजस्ता सञ्चार साधनको प्रयोग लाभदायी हन्छ । प्रस्ताव राख्दा वा राखेको पहिलो भेटमा क्रिम कलरको कपडा लगाउनु राम्रो हो । पशुपंक्षीको चित्र वा मूर्ति र चाँदी रंगको उपहार दिनु प्रभावकारी हुनसक्छ ।

रेष्टुरेन्टमा जाँदा गोलो आकारको मिठाइ खानु उपयुक्त हुन्छ । किस गर्दा घाँटीको दायाँबायाँ गर्न सकिन्छ । साथै, डेटिङ क्रममा अनाथ वा वृद्धवृद्धाको सेवा गरे योजना सफल हुन्छ ।

मिथुनः यो राशीका लागि उपयुक्त राशी तुला हो तर धनु, वृष, मीन राशी पनि ठिकै हुन्छन् । यो राशीका मान्छेले विहान १० देखि १ बजेसम्म वा सू र्य अस्ताएपछि प्रस्ताव राख्नु उपयुक्त हुन्छ । हरियो वा निलो कपडा लगाएर जानु र उत्तर फर्किएर प्रस्ताव राख्नु ठीक हुन्छ ।
उपहार भने आवाज आउने, बत्ती बल्ने आदि खाले दिन सकिन्छ । आयातकार निलो मसीले लेखिएको कार्ड उपहार दिनुहोस् । खानेकुरामा अमिलो र पिरो खाले दिनुहोस् । सिनेमा हल, पार्क, बगैंचा, बजार आदि ठाउँमा डेटिङ जानुहोस् ।
त्यसो त घरबाट निस्कनुअघि दायाँ खुट्टा पहिले निकालेर जानुहोस् र प्रेम प्रस्ताव राख्नुहोस् । प्रस्ताव ओके हुने सम्भावना बढी हुन्छ ।

कर्कटः कर्कट राशीको लागि वृश्चिक राशीका व्यक्ति उपयुक्त हुन्छन् । मेष र कुम्भ पनि मिल्दो हुन सक्छन् । खैरो, सेतो वा निलो रङको कपडा लगाएर प्रस्ताव राख्नुहोस् । पूर्व दिशा फर्किएर प्रस्ताव राख्नुहोस्, रिजल्ट सही आउन सक्छ ।

मोबाइल, आइफोन, आकर्षक जनावरको मूर्ति आदि उपहार दिन सक्नु हुनेछ । खैरो गातामा भ्यालेन्टाइन कार्ड दिँदा राम्रो मानिन्छ । कार्डमा गाढा रातो अक्षरले लेखिएको हुनुपर्छ । ताल, नदी, चिडियाखाना आदि ठाउँमा डेटिङ जानुहोस् । फ्लाइङ किस प्रभावकारी उपाय हो । पर्स, बेल्ट, मनी व्यागजस्ता उपहार दिनुहोस् ।

सिंहः यो राशी भएको मानिसलाई मेष राशीको जोडी छान्नु राम्रो हुन्छ । तर, सिंह राशीसँग पनि सम्बन्ध बढाउन सकिन्छ । यो राशी भएका व्यक्तिले दिउँसो १२ देखि ३ बजेसम्म प्रस्ताव राख्दा नतिजा सही निस्कन सक्छ । प्रस्ताव इमेल वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसको सहायताले गर्नु फलदायी हुन्छ । यद्यपि, इमेल वा सन्देश पठाउन भने १२ देखि ३ बजेबीचको समय नै छान्नुपर्छ । प्रेम प्रस्ताव राख्दा वा लेख्दा गाढा रातो, गाढा नीलो तथा गाढा सुन्तला रङ्गको पहिरन लगाएर दक्षिण दिशा र्फकनु उपयुक्त हुन्छ ।

भेटेरै प्रस्ताव राख्ने हो भने सैनिकझैं सिधा उभिएर आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर प्रेमप्रस्ताव राख्नुपर्छ । उपहार दिँदा शिर ठाडो राखेर दिनुपर्छ । बाहिरी आवरणमा प्वाल तथा गाढा रातो गाता भएको कार्ड प्रयोग गर्नु राम्रो हुन्छ । भेटघाटपछि चकलेट, केकजस्ता गुलियो र कोमल मिठाई खानुपर्छ । ओठमा किस गर्नु उपयुक्त हुनसक्छ । अर्को महत्वपूर्ण कुरा, प्रस्ताव गर्ने क्रममा आˆनो शिर टोपी, सल वा अन्य कपडाले छोपे प्रेम अटुट रहन्छ ।

कन्याः यो राशी भएका व्यक्ति कोमल मनका हुन्छन् । यस्ता व्यक्तिले वृष राशी भएका व्यक्तिसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ । तुला, धनु तथा मिन राशीसँगको सम्बन्ध पनि ठिकै हुन्छ । यो राशी भएका व्यक्तिले प्रस्ताव राख्दा मध्याहृन ३ देखि साँझ ६ बजेको समय रोज्नु उपयुक्त हुन्छ । हरियो वा सेतो वस्त्र धारण गर्नु उपयुक्त हुन्छ । आफूलाई मन पर्ने रङ्गको कपडामा प्रेमका शब्दहरू लेखेर पश्चिम दिशा फर्किएर दिए प्रस्ताव स्वीकार हुनसक्छ ।

उपहारका लागि काठको सामग्री प्रभावकारी हुन्छ । फुलबुट्टाले भरिपूर्ण गातारहित कार्ड रोज्नु राम्रो हुन्छ । प्रस्ताव राख्दा पश्चिम दिशातर्फ फर्किनु राम्रो हो । आफैंले पकाएको परिकार ख्वाउँदा भ्यालेन्टाइनसितको सम्बन्ध प्रगाढ हुन्छ । डेटिङका लागि बालबालिका खेल्ने स्थान रोज्नु राम्रो हुन्छ । गालामा चुम्बन गर्नु प्रभावकारी हुन्छ । तर यो राशी भएको व्यक्ति पुरुष भए निधारमा रातो टीका र युवतीले रातो नङ पोलिस लगाउनु उपयुक्त हुन्छ ।

तुलाः मिथुन राशी यो तुला राशीलाई मिल्ने हुन्छन् । मेष र मकरसँगको सम्बन्ध पनि सकारात्मक रहन्छ । यो राशीका व्यक्तिले प्रेम प्रस्ताव राख्ने उत्तम समय साँझ ६ देखि ९ बजेसम्म मानिन्छ । सुन्तला वा कलेजी रङ्गका पहिरन लगाएर प्रस्ताव राखे सफलता पाउने सम्भावना बढी हुन्छ । उपहारका लागि स्याम्पो, तेल, क्रिम, लोसन आदि जेल पदार्थहरु प्रभावकारी हुन्छन् ।

सुन्तला, कलेजी रङको गाताभित्र राखी अण्डा आकारको कार्ड दिनु उपयुक्त हुन्छ । डेटिङमा खुला जमिनमा बसेर गफिएमा प्रभावकारी हुन्छ । किसभन्दा अंगालोमा बाँधेर माया साट्नु राम्रो हुन्छ ।

वृश्चिकः यो राशीका लागि कर्कट राशी उपयुक्त मानिन्छ । यसबाहेक सिंह र कन्या राशी भएका व्यक्तिसँग पनि वृश्चिक राशीको सम्बन्ध गाढा हुन सक्छ । गुलाबी र सेतो रङ्गको पहिरन लगाएर पूर्व दिशामा फर्किएर प्रस्ताव राख्दा राम्रो हुन्छ । प्रस्ताव सूर्यास्तमा राख्दा बढी प्रभावकारी हुन्छ । उपहारमा मनोरञ्जनका सामग्रीहरू दिनु राम्रो हुन्छ । भ्यालेन्टाइन कार्डमा सेलिब्रेटीहरूका तस्वीर छापिएका चम्किलो सेतो, गुलाबी गोलाकार कार्ड प्रयोग गर्नु ठीक हुन्छ ।

मह तथा गुलियो तरल पदार्थको खानेकुरा खानु खुवाउनु राम्रो हुन्छ । फिल्म हल, कन्सर्ट, डिस्कोजस्ता रमाइलो संगीतमय ठाउँमा डेटिङ जानु राम्रो हो । पि्रयजनको दुवै आँखामा चुम्बन गर्नु प्रभावकारी हुन्छ । साथै, भ्यालेन्टाइनलाई भेट्न जाँदा चाँदीको गहना प्रयोग गर्दा सम्बन्ध बलियो हुन्छ ।

धनुः यो राशीको सम्बन्ध कुम्भ राशीसँग निकै राम्रो हुन्छ । त्यसबाहेक मेष र सिंह राशी भएका व्यक्तिसँग पनि ठीकै हुन्छ । सूर्यास्त समयमा दक्षिण फर्किएर फोनको माध्यमबाट प्रस्ताव राख्नु सबैभन्दा प्रभावकारी हुन्छ । प्रस्ताव राख्दा पहेंलो पहिरन लगाउनु पर्दछ । प्रस्ताव राख्दा फोनलाई दुई हातले समाउनुपर्छ । बाँस अथवा कागजले बनेका सामाग्रीहरू उपहार दिँदा माया प्रगाढ हुनसक्छ ।

भ्यालेन्टाइन कार्डचाहिँ पहेलो गातामा रातो थोप्ला भएका त्रिकोण आकारमा रोज्नुपर्ने हुन्छ । शाकाहारी तथा रसले भरिएको मिष्ठान्न परिकार खुवाउनु राम्रो हुन्छ । दूबोले भरिएको मैदान तथा पहेंला फूल भएको ठाउँमा डेटिङ जानुपर्दछ । शीर वा निधारमा चुम्बन गर्दा ठिक हुन्छ ।

मकरः मेष राशीका व्यक्ति बढी उत्तम हुन्छन् । कन्या र कर्कट राशी पनि ठिकै हुन्छन् । राति पश्चिम दिशा फर्किएर प्रस्ताव राख्नुस् । प्रत्यक्ष भेटेर प्रस्ताव राख्दा कालो अथवा निलो कपडा लगाउनुहोस् ।

इलेक्ट्रोनिक्स उपहार दिनु सबभन्दा उत्तम हो । भ्यालेन्टाइन कार्ड पनि आवाज आउने खालको वर्गाकार, आयताकार रोज्नुहोस् । सपिङ्ग मल तथा प्रविधिले भरिएको थलोमा डेटिङ जानुहोस् । कान नजिक किस गर्दा उपयुक्त हुन्छ । तर प्रस्ताव गर्ने क्रममा छालाजन्य वालेट तथा ब्यागहरूको प्रयोग गर्नु हुँदैन ।

कुम्भः तुला राशीका व्यक्तिसँग प्रेम सम्बन्ध गाँस्नु ठीक हुन्छ । तथापि, वृष र कर्कट राशी पनि उपयुक्त हुन्छन् । राति प्रस्ताव राख्नु उपयुक्त हुन्छ । निला पहिरन लगाएर प्रेयसी भेट्नु ठीक हुन्छ । उत्तर फर्किएर दायाँ कानमा सुटुक्क प्रस्ताव राखे राम्रो हुन्छ । चारकुने ढुङ्गामा आफ्नो प्रेयसीको नाम वा फोटो अंकित गरेको उपहार दिनुहोस् । नीलो रङ्गमा धागो बेरिएको कार्ड दिनु उपयुक्त हुन्छ । सँगै भोजन गर्दा नन भेज, पोलेको वा साँधेको रोज्नु राम्रो हो ।

घरदेखि दक्षिण वा उत्तरतर्फ डेटिङ जानु उपयुक्त हुन्छ । डेटिङमा कपास वा परालको चकटी, म्याट्रेस आदिमा बस्नु लाभदायक हुन्छ । किस गर्दा दायाँ गालामा सामान्य तरिकाले गर्नुहोस् ।

मीनः तुलासँग राम्रो सम्बन्ध हुन सक्छ । त्यसबाहेक मिथुन र कन्यासँगको सम्बन्ध पनि उपयुक्त हुन्छ । सूर्योदयअघि स्नान गर्नुहोस् अनि पूर्व फर्किएर प्रस्ताव राख्नुहोस् । भेटेरै प्रस्ताव राख्दा पहेंलो टीका र पहेंलो पहिरन लगाउनुहोस् । भगवानको मूर्ति, सुन वा तामाले बनेको औँठी उपहार दिनुहोस् ।

भ्यालेन्टाइन कार्ड गोलाकार साइजमा पहेलो रंग बढी भएको रोज्नुहोस् । दूधबाट बनेको मिठाइ खुवाउनुहोस् । पानीको प्राकृतिक स्रोत भएको मठ, मन्दिरतिर डेटिङ जानु ठीक हुन्छ । तर डेटिङको पहिलो अवसरमै किस गर्नु उपयुक्त हुँदैन । साथै, प्रेयसी भेट्न जाँदा पानीले भनिएको कलश वा एक्वारियमलाई दायाँ पारेर निस्कनुहोस् । साइत राम्रो बन्छ ।

Wednesday, February 12, 2014

वामदेव र उप–प्रधानमन्त्रीबीच यस्तो सम्बन्ध !

झलक सुवेदी

एमालेसँगको सत्ता समीकरणबारे भएको प्रारम्भिक सहमतिबाट कांग्रेस साँच्चै पछि हटेको खण्डमा बाहेक यसै साता कमरेड वामदेव गौतम तेस्रोपटक मुलुकको उप–प्रधानमन्त्री बन्नेछन् । फुटबलमा एउटै खेलाडीले गर्ने तेस्रो पटकको गोल या यस्तै कर्मलाई ह्याट्रिक गरेको भन्ने प्रचलित बुझाइलाई यता वामदेवमा लागू गर्‍यो भने उनले उप–प्रधानमन्त्री हुनमा ह्याट्रिक गरेको मानिनेछ ।


 कम्युनिस्ट पार्टीमा पार्टी प्रमुख नबनेको (एमालेसँगै घुर्की लगाउन माले बनाएका वेला पनि उनी फस्टपर्सन भएका थिएनन्) कुनै नेताले प्रधानमन्त्री बन्ने अवसर पाउनु दुर्लभ कुरा हो । पार्टीमा दोस्रो तहमा रहेकाले सरकारमा दोस्रो तहको जिम्मेवारी पाउनुलाई स्वाभाविक मान्ने हो भने वामदेवले आफ्नो हैसियतको पूर्ण उपभोग गरेको मान्नुपर्ने हुन्छ । हालै मात्र पार्टीभित्रको समीकरणमा नयाँ प्रयोग गरेका कमरेड वामदेवले भविष्यमा प्रधानमन्त्री या पार्टी अध्यक्ष बन्ने बाटो खुला गर्न कमरेड ओलीसँग मोर्चा बनाएको बुझ्न धेरै गारो छैन ।

Monday, February 10, 2014

प्रधानमन्त्री सुशीलका १२ बुँदे प्राथमिकता, छैनन् केही नयाँ !

 नवनिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले आफ्नो सरकारका १२ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । कोइरालाले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउने बताएका छन् ।

यस्तो छ प्रधानमन्त्री सुशील दा'को जीवनको उकाली ओराली

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट वि।सं। १९९६ साउनमा जन्मिएका सुशील कोइराला हलिउडको हिरो हुने लक्ष्यलाई परिवर्तन गरेर राजनीतिमा आएका हुन् । सोमवार उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘भाग्यमानी’ ठहरिएका छन् ।