Friday, February 14, 2014

कांग्रेसवाट को को बन्दैछन् मन्त्री ?

कांग्रेसभित्र मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । अहिलेसम्म २१ भन्दा बढी नेताले मन्त्रीको दाबी गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएका प्रधानमन्त्री कोइराला सकभर विवादमा नआएका नेतालाई मात्रै मन्त्री बनाउने योजना छन् । 

प्रधानमन्त्री कोइरालाले यसअघि पनि पटक-पटक मन्त्री भइसकेका पुरानै नेता डा. रामशरण महतलाई मन्त्रीको सपथ खुवाएपछि भने पुराना नेताहरुले पनि मन्त्री बन्ने तिव्र आकांक्षा देखाएका छन् ।

एमाले सरकारमा आएको अवस्थामा अब करिब ८ वटा मन्त्रालय आफ्नो भागमा पर्ने अनुमान लगाइएका बेला कांग्रेसभित्र २१ भन्दा बढी सभासदहरुले मन्त्री बन्ने आकांक्षा देखाएको बताइन्छ । 


मन्त्रीका बलिया उम्मेदवार 

तर आकांक्षी धेरै भएपनि संस्थापन पक्षबाट डा. नारायण खड्का, आनन्द ढुंगाना, दीलवहादुर घर्ती, फर्मूल्ला मंसुर, नवीन्द्रराज जोशी, दीपक गिरी र पदमनारायण चौधरीवीच मन्त्री बन्ने प्रतिस्पर्धा चलेको छ र यी नेतामध्येवाटै मन्त्री छान्ने संस्थापन पक्षको तयारी छ ।  

यस्तै बरिष्ठ नेता शेरवहादुर देउवा पक्षले भने भिष्मराज आङदम्बे, एनपी साउद, महेन्द्र यादव र बालकृष्ण खाँडलार्इ मन्त्री बनाउने लगभग पक्कापक्की छ । तर एमाले गृह मन्त्रालय नपाउँदासम्म सरकारमा सामेल नहुने वताइरहेकाले कांग्रेसले उनीहरूलार्इ मन्त्री बनाउन सकेको छैन । 

मन्त्री बन्ने होडमा को को ? 

मन्त्री बन्ने दौडमा संस्थापन खेमाबाट महामन्त्री प्रकाशमान सिंह, नेता आनन्द ढुंगाना, पदमनारायण चौधरी, र्फमुल्ला मंन्सुर, डा.शेखर कोइराला, सुजाता कोइराला, नविन्द्रराज जोशी, दिपक गिरी, दिलवहादुर घर्ती, डा.मिनेन्द्र रिजाल, डा. नारायण खड्का, बद्री पाण्डे, बलबहादुर केसी  र धनराज गुरुङ रहेका छन् ।

यसैगरी देउवा खेमाबाट भिष्मराज आङदम्बे, एनपी साउद, महेन्द्र यादव, अर्जुन जोशी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, डिना लक्ष्मी उपाध्याय, मानवहादुर विश्वकर्मा र शंकर भण्डारी  रहेका छन् ।

उपप्रममा प्रकाशमान र सुजाताको अड्डी 

मन्त्री बन्ने दौडमा रहेका २१ भन्दा बढी सभासदहरुमध्ये महामन्त्री प्रकाशमान सिंह र नेतृ सुजाता कोइराला भने उपप्रधानमन्त्रीसहितको जिम्मेवारी हत्याउने दाउमा रहेका छन् । नत्र उनीहरु सरकारमै नजाने मनस्थितिमा पुगेका छन् । महामन्त्री सिंहले आफू पाँच पटक मन्त्री भइसकेकाले उपप्रधानसहितको जिम्मेवारी पाएमात्रै सरकारमा जाने वताएका छन् । 

यसअघि मंगलवार विनाविभागीय मन्त्रीको सपथ खान प्रधानमन्त्री कोइरालाले गरेको आग्रह अस्वीकार गरेका महामन्त्री सिंहले उपप्रधानमन्त्री नपाए सरकारमा नजाने वताएका हुन् ।

यस्तै नेतृ सुजाता कोइरालाले पनि आफू परराष्ट्रसहित उपप्रधानमन्त्री पाउनु पर्ने भन्दै प्रधानमन्त्री कोइरालालाई घुर्की लगाइरहेको स्रोतले बताएको छ । नेतृ कोइरालाले बुधवार दिउँसो केही पत्रकारहरुसँग कुराकानी गर्दै आफ्नो दावी परराष्ट्र मन्त्रालय भएको दावी गरेकी थिइन् ।

उनले आफू पटक-पटक मन्त्री भइसकेको र परराष्ट्र क्षेत्रमै आफ्नो दख्खल रहेको भन्दै आफ्नो नेचुरल दावी परराष्ट्र मन्त्रीमै भएको बताएकी हुन् ।

No comments:

Post a Comment