Friday, February 14, 2014

अनलाइनमा बिज्ञापन गरी गर्लफ्रेण्ड बिक्री !

भ्यालेन्टाइन डे नजिकै आइरहेको छ । यस्तो बेलामा प्रेमी-प्रेमिकाहरु एक अर्कालाई मन पर्ने उपहार खरिदको तयारीमा छन् । तर, बेलायतका एक प्रेमीले आफ्नी प्रेमिकालाई अनौठो भ्यालेन्टाइन गिफ्ट दिने सोच बनाएछन् ।

६ बर्षदेखि सँगै बसिरहेकी गर्लफ्रेण्ड डेबी मोरानको अल्छीबानीबाट दिक्क सावन कोल्सले उनलाई सामान किनवेच गर्ने साइट ‘इबे डटकम’ बिक्रिका लागि राखेका छन् ।

बिज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्वीर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, यसले घरधन्दा पनि गर्न सकिन, म यसलाई बेच्न चाहन्छु ।’


उनको बिज्ञापनमाथि धमाधम आबेदन पर्न थाल्यो । ५० जना जतिले उनलाई किन्न तयार रहेको भन्दै किन्न चाहेको मूल्य अफर गरे । सवैभन्दा बढि थियो- ११८० डलर ।
तर, इबेमा मानिसलाई बिक्रिका लागि राख्न नपाइने नियम उल्लंघन गरेको भन्दै उजुरी परेपछि साउनले आफ्नो बिज्ञापन हटाएका छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै उनले मजाकका लागि मात्र यस्तो बिज्ञापन गरेको र प्रेमिका बिक्रि गर्ने कुनै मनसाय नरहेको दावी गरेका छन् । अनौठो त के छ भने बिक्रिका लागि राखिएकी प्रेमिकाले समेत आफ्नो प्रेमीको कदमको बचाउ गर्दै मजाकका लागि मात्र राखेको र गम्भीर कुरा नभएको बताइन् । ‘त्यस्तो तस्वीर राखेको देख्दा त रिस उठेको थियो, तर उसले गम्भीरतापूर्वक यो काम गरेको थिएन’ प्रेमिकाले भनिन् ।

एजेन्सीको सहयोगमा

No comments:

Post a Comment