Thursday, August 7, 2014

चरिमाथि प्रहरीले यसरी सफल बनायो अप्रेसन

एसएसपी पुष्कर कार्की

दुई साताअघिदेखि नै हामीले राजधानीमा फरार अभियुक्तको खोजी अभियान सुरु गरेका थियौँ । किनकि गुन्डागर्दीका नाइकेहरूले दु:ख दिएको व्यवसायीका गुनासा पनि बढिरहेका थिए ।

व्यवसायीलाई धम्क्याएर असुल्ने गुन्डाका केही नाइकेलाई केन्द्रमा राखी हामीले खोजी अप्रेसन चलाएका थियौँ । करिब एक दर्जन व्यक्ति हाम्रो खोजीको सूचीमा थिए । उनीहरूको बारेमा सूचना लिइरहेका थियौँ ।

दिनेश अधिकारी चरी पनि हाम्रो खोजीको सूचीमा थिए । उनी काठमाडौं आउने–जाने गरेको खबर हामीले पाएका थियौँ ।   (बुधबार) पनि हामीले तीन–चार ठाउँमा एम्बुस चेकिङ राखेका थियौँ । भीमढुंगा धादिङ जाने बाटो भएकाले हाम्रो टोली त्यहाँ पनि थियो । अपराधीहरूले त्यो बाटो प्रयोग गर्ने हाम्रो आशंका थियो ।

चेकिङकै क्रममा एउटा मोटरसाइकलमा शंकास्पद एक व्यक्ति भाग्यो । प्रहरीको सिभिल गाडीले पछ्यायो, भीमढुंगाको उकालोको मोडमा उनले प्रहरीलाई दुई राउन्ड गोली हाने ।

त्यसपछि आत्मरक्षाका लागि प्रहरीले पनि फायरिङ गर्‍यो । केही समय गोली हानाहान भयो । उनी ढले । हेलमेट खोलेर हेर्दा मोस्टवान्टेड चरी रहेछन् । अप्रेसनमा लडेर हाम्रा एक कर्मचारी पनि सामान्य घाइते भएका छन् । स्रोत -नयाँ पत्रिका

No comments:

Post a Comment