Wednesday, August 13, 2014

सुरज र सहानाको खण्डन-जवानी उम्लिएको पनि छैन, बिसाएका पनि छैनौ

सोमबारको साँघु साप्ताहिकले कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा.... शीर्षकको समाचार छाप्यो । सोही समाचारले मिडियाको बजार लगायत सवै सोसल मिडियामा तहल्का नै पिट्यो । कुरा हो कान्तिपुर टीभीमा कल कान्तिपुर कार्यक्रम चलाउने  सुरज गिरी र मोडल तथा भीजे सहाना बज्राचार्यको ।


गिरी र बज्राचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीको पेट्रोलिङ टोलीको फन्दामा परेको भन्ने समाचारले तहल्का पटेको थियो  ।  त्यही जोडीले उक्त समाचारको खण्डन व्यक्त गरेका छन् ।  संयुक्त विज्ञप्ती जारी गर्दै गिरी र बज्राचार्यले आफूहरु मिल्ने साथी मात्रै भएको र समाचारमा उल्लेख भएझै गाडी भित्र आपत्तिजनक अवस्थामा फेला नपरेको दावी गरेका छन् ।

विज्ञप्तीमा चितवन टाँडीमा गाडी बिग्रिएपछि बनाउने घरमा स्थानीय ट्राफिकले सोधपुछ गरेपछि कान्तिपुर टेलिभिजनको परिचय देखाएको उल्लेख छ । त्यसपछि ट्राफिकले मापसे परिक्षण गर्दा गिरीले मापसे गरेको भेटिएकोले मापसे अन्तर्गत कारवाही भोगेको गिरी र बज्राचार्यले जनाएका छन् । 

समाचारमा उल्लेख भएजस्तो आफूहरुको जवानी नउम्लिएको र वैश पनि नबिसाएको उनीहरुले बताएका छन् । दुवैजनाले सो समाचारका कारण पुगेको क्षतिको कानुनी उपचार गर्ने बताएका छन् ।

No comments:

Post a Comment