Monday, February 10, 2014

प्रधानमन्त्री सुशीलका १२ बुँदे प्राथमिकता, छैनन् केही नयाँ !

 नवनिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले आफ्नो सरकारका १२ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । कोइरालाले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउने बताएका छन् ।


 विधिको शासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको प्रतिवद्धता छ । संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले आफ्नो सरकारका १२ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री सुशीलका १२ बुँदे प्रतिवद्धता

१.शान्ति प्रक्रियाका सन्दर्भमा विगतमा भएका समझदारी गर्ने प्रतिवद्धता जनाउँदै बाँकी भएका कामहरु सम्पन्न गर्ने

२.एक वर्षभित्र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सहयोग पुर्‍याउने

३. ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने

४.आर्थिक सम्वृद्धि र सामाजिक न्यायका पक्षमा साझा नीति तथा कार्यक्रम निर्माण गर्ने

५.महंगी नियन्त्रण गर्ने

६.बन्द चक्काजाम हडताललाई निरुत्साहित गर्ने

७.द्वन्द्वपीडितलाई राहत पुर्‍याउने

८.शान्ति सुव्यवस्था कायम गर्दै विधीको शासनको सुनिश्चिता कायम गर्ने

९.स्वदेशी तथा विदेशी लागनीको वातावरणमा सुधार ल्याउने

१०.भौतिक पूर्वाधर र समाजिक सेवाका संरचनाहरुको निर्माणलाई गति दिने

११.छिमेकी मुलुकहरु भारत र चीन तथा अन्य मित्र राष्ट्रसँगको सम्वन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै वैदेशिक सम्वन्ध विस्तार गर्दै राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने

१२. राजनीतिक दलहरुबीच निरन्तर सम्वाद, एकता, सहमति र सहकार्यको भावना साथ अघि बढ्ने

No comments:

Post a Comment