Monday, February 10, 2014

यस्तो छ प्रधानमन्त्री सुशील दा'को जीवनको उकाली ओराली

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट वि।सं। १९९६ साउनमा जन्मिएका सुशील कोइराला हलिउडको हिरो हुने लक्ष्यलाई परिवर्तन गरेर राजनीतिमा आएका हुन् । सोमवार उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘भाग्यमानी’ ठहरिएका छन् ।



वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका कोइरालाले विसं। २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला विगत ५० वर्षदेखि निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन् । विसं।०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२ औँ महाधिवेशनबाट कोइराला सभापतिमा निर्वाचित भएका हुन् ।

इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला अहिले समकालीन नेताहरुमध्ये सबैभन्दा सादा जीवन व्यतीत गर्ने पार्टी सभापति हुन् । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि १६ वर्षसम्म प्रवास भारतमा बसेका कोइरालाले कोलकाता र पटनामा पत्रकार सम्मेलन गरी भारतीय एवं अन्तराष्ट्रिय सञ्चार माध्यमलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने महत्वपूर्ण काम गरेका थिए ।
नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला पार्टीको १२ औं महाधिवेशनबाट नेता शेरबहादुर देउवालाई पराजीत गर्दै पार्टी सभापतिमा निर्वाचित हुनुभएको हो ।

वि।सं। ०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारवेसगञ्जमा उतारियो । त्यही विमान अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो । विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले मुम्वई, कालिङपोङ लगायत भारतका विभिन्न शहरमा भूमिगत जीवन बिताएका थिए ।
पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित भारतको तिहाड, अररिया, पूणिर्या, भागलपुर आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख त्यहीबेला पाएका थिए ।

विसं। ००७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष भारतमा बिताएका छन् । वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र वेलायतलगायतका युरोपियन मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन् ।

विसं। ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक(पटक अस्वीकार गर्दै आएका थिए । ०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वाचित भएका कोइराला पार्टीको संसदीय दलको नेतामा शेरबहादुर देउवालाई १६ मतले पराजित गर्दै निर्वाचित भएपछि प्रधामन्त्रीको कुर्सीमा पुग्न सफल भएका हुन् ।

No comments:

Post a Comment