Friday, January 31, 2014

प्रचण्ड पुत्र भन्छन्,'पार्टी सप्रिन्छ भने आमा र म गाई पालेर बस्न तयार छौ '

एकीकृत एमाओवादी प्रचण्डका पुत्र प्रकाश दाहालले  पार्टी सप्रिने भए आमा सीता दाहाल र आफू गाउँ गएर गाई पालेर बस्न तयार रहेको वताएका छन् ।  

केही नेताले पार्टीको हारमा प्रकाशको समेत हात रहेको बताएपछि केही दिनअघि विज्ञप्ति निकालेर अध्यक्ष प्रचण्डको सचिवालय छाडेको घोषणा गरेका दाहालले  यदी आमा र आफू चितवनको शिवनगर गएर गाई पालेर बस्दा पार्टीलाई फाइदा पुग्छ र जनताको हितमा हुन्छ भने त्यो गर्न तयार रहेको बताएका हुन् । 



एक अनलाइन न्युज पोर्टलसंगको कुराकानीमा दाहालले आफूलार्इ  त्यसो भन्नेहरुले पनि एकपटक आफ्नो अनुहार ऐनामा हेन समेत भनेका छन् ।

दाहालले भने,'यो पार्टीमा सबैभन्दा बढी योगदान गर्ने महिला कोही छ भने सीता दाहाल हो । किनभने, कसैको पनि सफलताका पछाडि सकैन न कसैले सहयोग गरेको हुन्छ  । बुबालाई यो तहमा ल्याउन आमाको ठूलो भूमिका छ ।'

प्रकाशले भनेका छन्, 'सीता दाहाल नभइदिएको प्रचण्ड प्रचण्ड हुने थिएनन् र प्रचण्ड नभएको भए नेपालमा गणतन्त्र आउने थिएन । त्यसैले सीता र प्रकाशतिर मात्रै औंला ठड्याउनु भनेको आफ्नो आङमा भैंसी नदेख्ने अर्काको टाउकोमा जुम्रा देख्ने प्रवृत्ति हो ।' 

दाहालले यदी पार्टीले म र आमालाई चितवन पठाउँदैमा पार्टी राम्रो हुन्छ, नेपालमा परिवर्तन संस्थागत हुन्छ, घाइते, बेपत्ता र सहिदका सपना पूरा हुन्छन् भने त्यसका लागि तयार रहेको बताए । 

No comments:

Post a Comment