Wednesday, January 22, 2014

सुशील बन्न तम्सिरहने, खुमबहादुर भने उन्को सपना साकार हुँदैन भनिरहने ?

मंसिर ४ मा भएको संविधान सभाको दोस्रो निर्वाचनवाट नेपाली काँग्रेस मुलुकको ठूलो पार्टी बन्यो । ठूलो पार्टीको हैसियतले सरकारको नेतृत्वका लागि अग्रसर भइरहेको छ । तर पार्टीभित्रैको कलह भने मत्थर हुन सकेको छैन । सरकारको नेतृत्वका विषयमा पार्टी सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच कुरा मिल्न सकेको छैन । 


संसदीय दलको नेता चयनका लागि प्रवक्ता दिलेन्द्र बडु संयोजक रहेको निवार्चन समितिले १२ गते विहान साढे ८ बजेका लागि चुनावको समय तोकको छ । यद्यपी तीन शीर्ष नेतावीच सहमतिको प्रयास भने जारी नै छ ।

दाबी यथावत 

संस्थापन पक्षका नेताहरुले अबको प्रधानमन्त्री सुशील कोइराला हुनुपर्छ भनिरहेका छन् भने देउवा पक्षले पार्टी सभापति र मुलुकको कार्यकारी पद एउटै व्यक्तिले सम्हाल्न नपाइने भन्दै कि पार्टी सभापति, कि प्रधानमन्त्रीको दावी छोड्न सभापति कोइरालालाई दबाब दिइरहेका छन् । देउवा पक्षले पार्टी चलाउने जिम्मा देउवालाई दिए कोइराला प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । तर, सभापति कोइराला भने पार्टी सभापति भइसकेको मान्छे भएकाले यसपटक आफैं प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ ।

उहाँ प्रधानमन्त्री र पार्टी सभापति दुबै बन्न चाहनुहुन्छ । पार्टीको महाधिवेशन नजिकिँदै गरेकाले पनि सभापति कोइराला पार्टी चलाउने जिम्मा देउवालाई दिन राजी हुनुहुन्न । त्यसैले पाएसम्म पार्टी र प्रधानमन्त्री एकैचोटि बन्ने दाउमा हुनुहुन्छ । 

उता उपसभापति रामचन्द्र पौडेलले पनि आफू १७ पटकसम्म प्रधानमन्त्रीका लागि चुनाव लडेकाले अब आफू प्रधानमन्त्री बन्नुपर्ने वताउँदै आएका छन् । उपसभापति पौडेलले आफू १७ पटक हारेको मान्छे भएकाले म प्रधानमन्त्री हुन्छु भनेर कोइरालालाई भनिरहेको भए पनि कोइराला पौडेललाई त्यति सजिलै प्रधानमन्त्री बन्न दिने पक्षमा छैनन् । 

खुमबहादुर खड्काको भनाइ

पूर्वगृहमन्त्री समेतरहनु भएका केन्द्रीय सदस्य खुमवहादुर खड्काले अब प्रधानमन्त्री बरिष्ठ नेता शेरवहादुर देउवा नै हुने दावी गर्छन् ।  नेता खड्काले पार्टी सभापति कोइराला प्रधानमन्त्री बन्दा सभापतिको पद नेता देउवालाई दिनुपर्ने हुनाले प्रधानमन्त्रीका लागि कोइरालाले सभापति पद छोड्न तयार नहुने बताए । खड्काले प्रधानमन्त्री देउवा नै हुने बताए । 

 उनले भने , ‘यसअघि पनि कोइराला प्रधानमन्त्री हुने हल्ला चलेकै हो, त्यसवेला पनि कोइराला प्रधानमन्त्री हुने भए पार्टी सभापति देउवालाई दिनुपर्छ भन्ने कुरा उठेकै हो । तर, सुशीलजी देउवालाई पद छोड्न तयार भएनन् । अहिले पनि त्यस्तै अवस्था उत्पन्न हुन्छ र भइरहेको छ ।’ खड्काले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्तिले चलाउन नसक्ने भएकाले कोइराला प्रधानमन्त्री हुँदा सभापति पद देउवालाई दिनुपर्ने तर्क गरे ।

खड्काले भने, ‘कोइराला प्रधानमन्त्री हुन सक्नुहुन्न भन्ने मलाई लाग्छ । पार्टीको महाधिवेशन आउँदै छ, उहाँले पार्टी सभापति छोड्नुहोला भन्ने मलाई लाग्दैन । भएको सभापति छोडेर प्रधानमन्त्री हुनुभयो भने त पदलोलुपता देखिइहाल्यो नि, त्यसैले उहाँ ९कोइराला० ले त्यस्तो गर्नु होला र रु मेरो विचारमा प्रधानमन्त्री देउवा नै बन्नुहुन्छ ।’ खड्काले पार्टी सभापति सुशील कोइरालाको प्रधानमन्त्री हुने सपना साकार नहुने दावी गरे ।  

उने भने, ‘पार्टी सभापति र प्रधानमन्त्री भएर बस्ने सपना कोइरालाको छ । तर, दुवै पदमा रहेर काम गर्ने कोइरालाको सपना साकार हुँदैन, यो पक्का छ ।’ 

No comments:

Post a Comment