Friday, February 14, 2014

त्रिचन्द्र कलेजमा सिकाइन्छ ‘लभ लेटर’ लेख्न !

कलेज जाने आफ्ना छोराछोरी प्रेमको चक्करमा नपरुन् भन्ने चिन्ता सबै बाबुआमालाई हुन्छ । तर, एमाले अध्यक्ष झलनाथ खनाललेसमेत अध्ययन गरेको नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र कलेजमा भने विद्यार्थीहरुलाई ‘लभ लेटर’ लेख्न प्रोत्साहित गरिन्छ । र, हरेक वर्ष विद्यार्थीले ‘लभ लेटर’ लेखेर एक प्रकारको परीक्षा समेत दिने गरेका छन् त्रिचन्द्र कलेजमा ।


‘भ्यालेन्टाइन डे’ को अवसर पारेर काठमाडौंको त्रिचन्द्र कलेजमा मायालुलाई प्रेम पत्र लेख्ने प्रतियोगिता हुने गरेको हो । त्रिचन्द्र कलेजमा ०५८ सालदेखि नै यसरी प्रेमपत्र लेखन प्रतियोगिता हुँदै आएको छ ।
 त्रिचन्द्र स्ववियु र नेविसंघ इकाइको सहयोगमा त्रिचन्द्र युथ फोरमले प्रत्येक वर्ष प्रेमपत्र लेखन प्रतियोगिता गर्दै आएको त्रिचन्द्र क्याम्पसका नेविसंघ इकाई सचिव पिताम्बर भण्डारी बताउँछन् । भण्डारीले १२ वर्षदेखि निरन्तर चल्दै आएको प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको बताए ।

प्रणय दिवसका अवसरमा आयोजना गरिने यस्तो लभलेटर लेखन प्रतियोगितामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुने गरेको छ । यस वर्ष पनि प्रेम पत्र लेखन प्रतियोगितामा  ३ सय भन्दा बढी विद्यार्थीले सहभागीता जनाएका छन् । उक्त प्रेम पत्र केहीदिनमै यही ब्लगमा राख्निनेछ ।  अंग्रेजी र नेपाली दुबै भाषामा उत्कृष्ट प्रेमपत्र लेखी पहिलो, दोस्रो र तेस्रो हुनेलाई आकर्षक गिफ्ट हृयाम्परबाट पुरस्कृत गरिँदै आएको भण्डारीले बताए । 

गत वर्ष भएको प्रतियोगितामा उत्कृष्ट ठहरिएको प्रेम पत्र हेर्नुस् :




No comments:

Post a Comment