Friday, January 17, 2014

हात्ती बन्यो कलाकार ! लौ हेर्नुस लोभलाग्दो कला

तपार्इले मान्छेले  कला देखाएको त पक्कै हर्नु भएको छ हरेक क्षेत्रमा, हरेक कलाको पाटोमा ।  क्यारिकेचर गर्नु, तस्वीर कोर्नु, अरूलार्इ हसाउन र रूहाउन सक्नु, रूदै गरेकालार्इ हसाउन सक्नु यी सवै कला हुन् मानिसका । तर  बैंककबाट ५० किलोमिटर अयुत्तथाया प्रान्तमा भने मानिसले झै एक हात्तिले कला देखाउने गरेको छ । 



जंगली जनावर हात्तीले सुन्दर पेन्टिङ बनायो भन्दा सायद तपाइलाई पत्याउन कठिन होला । राम्रो तालिम दिन सकियो भने हात्तीले कति सिर्जनशील काम गर्न सक्छ भन्ने उदाहरणका लागि बैंककको एक हात्तीको काम हेरे पुग्छ ।


यहाँ एक हात्तीले आफ्नै तस्वीर बनाएको छ, त्यो पनि कलाकारले जस्तै ब्रस र रङको प्रयोग गरेर । नोप्पाखाओ नाम गरेको यो हात्तीलाई पिटर नामले चिनिन्छ । यो हात्तीले अहिलेसम्म दर्जनौं आर्ट तयार पारिसकेको छ, जुन ७० डलरसम्ममा विक्री भइरहेका छन् ।

 तस्वीरमा भने पिटरले साथीको तस्वीर बनाइरहेको छ ।  पिटरले बनाएको पेन्टिङ्ग बेचेर आउने पैसा हात्ती संरक्षणमा खर्च गरिनेछ ।

पछिल्लो ८ वर्षदेखि पिटर नाम गरेको यो हात्तीले एशियन एलिफेन्ट आर्ट एन्ड कन्जरभेशन प्रोजक्टअन्तरगत पेन्टिङ्ग गरिरहेको छ । 

No comments:

Post a Comment