Friday, January 17, 2014

प्रचण्डको दस्तावेज : काजीलार्इ समाउने, बाबुरामलाई डाँडै कटाउने !

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठले उठान गरेका फरक मतलाई दस्तावेजमा समावेश गरेर नरम नीति र भट्टराईको मुख्य मागलाई सम्वोधन सट्टा ‘बेवास्ता’ गरी दोहोरो नीति चालेको प्रतिवेदनमार्फत संकेत गरेका छन् । 

भट्टराईको ‘नेतृत्व दुई कार्यकाल भन्दा बढी बस्न नहुने’ प्रमुख एजेन्डालाई दाहालले सिंगो प्रतिवेदनमा कतै पनि समावेश गरेका छैनन, न त राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्छ भन्ने भट्टराईको मागलाई नै ठोस रुपमा सम्वोधन गरेको दाहालले देखिन्छ ।

माओवादीको हालको अवस्था ‘मोर्चामा हारेको सेना झै’ भएको उल्लेख गरेका दाहालले नेतृत्व हस्तान्तरण नगर्ने तथा नभाग्ने संकेत गरेका छन् । ‘बिगतको गल्ति कमजोरीवाट शिक्षा लिएर क्रान्तिकारी दिशामा पहिला आफैलाई बदल्ने र सिंगो पार्टीलाई बदल्ने अभियानको नेतृत्व गरेर मात्र कसैले पनि आफ्नो नेतृत्वको औचित्य सिद्ध गर्न सक्छ,’ दाहालले नेतृत्व तत्काल नछाडने संकेत गर्दै भनेका छन, ‘अन्यथा इतिहासले निकै निर्मम तरिकाले आफनो कठोर फैसला नेतृत्वको बिरुद्ध लिनेछ ।’


 दाहालले माओको भनाई उद्यृत गर्दै अतितमा गरेको कामको ब्याजमा होइन, बर्तमानमा गरिने त्याग र योगदानले मात्र आफनो उपस्थीतिको औचित्य पुष्टी हुने दाहालको भनाई छ ।

दाहालले अर्का उपाध्यक्ष श्रेष्ठले उठाउँदै आएका राष्ट्रियताको मुद्धा, सरकारमा नजाने तर प्रतिपक्षमा बसेर रचनात्मक भुमिका खेल्ने, संविधान बहिस्कार नगर्ने र त्यसैमा रहेर संविधान निमार्णमा केन्द्रित हुनु पर्नेजस्ता ‘फरक मत’लाई भने दाहालले आफनो प्रतिवेदनमा समावेश गरेका छन् । 

No comments:

Post a Comment