Wednesday, April 22, 2015

बच्चा जसका खुट्टामा २४ औँला, मुखमा ३२ दाँत छन्



माथि राखिएको त राम्रोसँग हेर्नु भयो होला । यदि तस्विर हेर्नु भयो भने केही त पक्कै थाहा पाउनु भयो होला ।   तस्विर हेर्दा सुरुमा अनौठो लाग्नसक्छ, हो कुरा अनाैठो नै छ । 


भर्खरै  जन्मिएको बच्चाको मुखमा ३२ वटा दाँत पलाइसकेको र खुट्टामा समेत १० को साटो २४ वटा औँला छन् ।   कुुरा महा अनौठो छ यो कुरा हो इराकमा जन्मिएको बच्चाको ।

इराकको हरीर क्षेत्रमा एक महिलाले यस्तो अनौठो शारीरिक अवस्था भएकी बालिका जन्माएकी हुन् । बच्चाका अभिभावकहरुका अनुसार सामान्य रुपमा कुनै शल्यक्रिया विनै बालिका जन्मिएकी हुन् ।

मुखमा वयस्क मानिसकै जत्ति दाँत भएका कारण यी बालिकालाई खानपिनमा कठिनाइ भएको छ । यिनले दुध चुस्त तथा निल्नका लागि कठिनाइ उत्पन्न भएको हुँदा दाँतलाई सर्जरी गरेर निकाल्नुपर्ने डाक्टरहरुले बताएका छन् । (एजेन्सीको सहयोगमा )

No comments:

Post a Comment