एकीकृत एमाओवादी प्रचण्डका पुत्र प्रकाश दाहालले पार्टी सप्रिने भए आमा सीता दाहाल र आफू गाउँ गएर गाई पालेर बस्न तयार रहेको वताएका छन् ।
केही नेताले पार्टीको हारमा प्रकाशको समेत हात रहेको बताएपछि केही दिनअघि विज्ञप्ति निकालेर अध्यक्ष प्रचण्डको सचिवालय छाडेको घोषणा गरेका दाहालले यदी आमा र आफू चितवनको शिवनगर गएर गाई पालेर बस्दा पार्टीलाई फाइदा पुग्छ र जनताको हितमा हुन्छ भने त्यो गर्न तयार रहेको बताएका हुन् ।






