Wednesday, August 13, 2014
सुरज र सहानाको खण्डन-जवानी उम्लिएको पनि छैन, बिसाएका पनि छैनौ
सोमबारको साँघु साप्ताहिकले कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा.... शीर्षकको समाचार छाप्यो । सोही समाचारले मिडियाको बजार लगायत सवै सोसल मिडियामा तहल्का नै पिट्यो । कुरा हो कान्तिपुर टीभीमा कल कान्तिपुर कार्यक्रम चलाउने सुरज गिरी र मोडल तथा भीजे सहाना बज्राचार्यको ।
Thursday, August 7, 2014
राजा कमिजको फेर फड्कारेर सुइँसुइँ निस्किए
रुक्माङ्गद कटवाल
स्थिति झनझन बिग्रँदै गयो । सिनेट श्रेष्ठ, जगत गौचनजस्ता अलोकप्रिय व्यक्तिलाई मन्त्री बनाएर दरबारले दलहरूसँग कुनै हालतमा सम्झैता नगर्ने मनसाय बनाएको प्रस्टै बुझन्थ्यो। राजाको यस्तो ढिपीले ठूलै दुर्घटना निम्तिनसक्ने खतरा म देखिरहेको थिएँ । आफूमाथिका हाकिमलाई लगातार सचेत गराउँदा र दरबारमै सुझाव पठाउँदा पनि सुनुवाइ नभएपछि मेरो छट्पटी बढ्न थाल्यो ।
मान्छे कि अज्ञानी हुनुपर्छ, कि बुझेपनि बुझ् पचाउनसक्ने ढोंगी, नभए आफ्नै विचारको तापले चौबीसै घन्टा आगोको भुङ्ग्रोमा बसेजस्तो हुँदो रहेछ ।
मलाई त्यस्तै भइरहेको थियो ।
म आफ्नो ब्रह्म–विवेकले देखेको कुरा हुबहु राजाको कानसम्म पुर्याइदिने विश्वासपात्रको खोजीमा थिएँ । धेरै सोचविचार गरेपछि झ्ट्ट प्रभुशमशेर राणालाई सम्झिएँ । उहाँ ज्ञानेन्द्र सरकारका अत्यन्त निकट मित्र हुनुहुन्थ्यो ।
अधिराजकुमार हुँदा त ज्ञानेन्द्र सरकार, शाहज्यादा पारस, शाहज्यादी प्रेरणा लगायतको बासै कान्तिपथको प्रभु निवासमा हुन्थ्यो भन्ने सुनेको थिएँ । राजा भएपछि पनि ज्ञानेन्द्रको सबैभन्दा निकटस्थमा प्रभुशमशेरको नाम आउँथ्यो ।
उहाँसँग मेरो हङकङदेखिकै चिनजान थियो । एकदमै निस्वार्थी र निस्फिक्री खालको मान्छे । विषय तोडमरोड गर्नुहोला भनेर चिताउनै नसकिने । मैले कैयौंपटक उहाँकहाँ खानेबस्ने गरेको थिएँ ।
एक दिन बिहानै प्रभुशमशेरलाई फोन गरेँ । उहाँले बिहान साढे ९ बजेको समय दिनुभयो ।
मैले माघ १९ यता सेनापति र दरबारका एडिसीमार्फत् दिएका सुझाव बताएँ । त्यसको फिटिक्कै सुनुवाइ नभएको गुनासो गरेँ । सबै कुरा राख्न एक घन्टा लाग्यो । दरबारले पार्टीको मानिस, पार्टीले दरबारिया ठान्ने अवस्थामा म थिएँ । छिनछिनमा भावुक भएँ । कतिचोटि त आँसु लुकाउनधरि सकिनँ।
‘प्रभु राजा, हजुरले कटवालको बिन्ती चढाई यस्तो छ भनेर महाराजाधिराज सरकारलाई मर्जी बक्स्योस्,’ मैले अनुरोध गरेँ, ‘राजतन्त्रको हितका लागि कटवालले यस्तो बिन्ती गरेको छ भनेर सुनाइदिबक्स्योस् ।’
मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो ।
‘ओके आई विल म्यानेज टाइम,’ उहाँले आश्वासन दिनुभयो ।
(ठिक छ म समय मिलाउँछु ।)
मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । मैले त उहाँलाई सन्देशवाहक मात्र बनाउन खोजेको थिएँ, उहाँले त दर्शनभेटकै चाँजो मिलाउने हुनुभयो ।
एक सातामा मैले निम्तो पाएँ । प्रभु निवासमा डिनर राखिएको रहेछ । एआइजी कृष्ण बस्नेत, अर्थमन्त्री मधुकरशमशेर राणा, लव राजा (सल्यानी राजा– ज्ञानेन्द्र सरकारका कोर्ट जेस्चरजस्तै) र अरू निम्तालु थिए । त्यहाँ अनौपचारिक कुराकानी भयो ।
‘हिज मेजेस्टी इज वेटिङ (महाराजाधिराज सरकार भित्र कुरिरहनुभएको छ),’ प्रभुले भित्रपट्टिको एउटा कोठातिर इसारा गर्दै भन्नुभयो, ‘सवारी होस् ।’
मेरो हातमा ह्विस्की थियो । एकै घुट्कोमा सकूँ कि फालूँजस्तो भयो ।
‘ड्रिङ्क के गरौं ?’ मैले सोधेँ ।
‘लिएरै सवारी होस्,’ उहाँले भन्नुभयो ।
मैले ज्ञानेन्द्र सरकार पनि ड्रिङ्क लिएरै बस्नुभएको बुझेँ ।
हातमा ह्विस्कीको गिलास लिएर म भित्री कोठामा छिरेँ ।
छिर्नेबित्तिकै सलाम टक्र्याएँ ।
राजा ज्ञानेन्द्रले अगाडिको कुर्सी देखाएर बस्न इसारा गर्नुभयो । उहाँ निकै मुडमा देखिनुहुन्थ्यो । मैले सोझै भनेँ, ‘सरकार केही कुरा बिन्ती चढाऊँ कि ?’
‘गो अहेड,’ उहाँबाट हुकुम भयो ।
‘सरकार, राजतन्त्र र देश अप्ठेरो परिस्थितिमा फसिसक्यो,’ मैले आफूले बुझेको कुरा खुलस्त बताएँ, ‘प्रजातन्त्रमा विश्वास गर्ने नेताहरूलाई सत्ता सुम्पिबक्सनु राम्रो हुन्छ सरकार ।’
राजाले ‘ए, अँ’ भन्नुभएकोसम्म सुनियो । त्यसपछि हातको ह्विस्की गिलास ट्वाक्क टेबुलमा राख्नुभयो । जुरुक्क उठ्नुभयो । कमिजको पछाडिको फेर फड्कारेर सुइँसुइँ बाहिर निस्किनुभयो ।
म हेरेको हेर्यै भएँ ।
त्यसपछि हामी डिनरतिर लाग्यौं । राजारानीको डिनर भिन्नै ठाउँमा थियो । राजा फर्किने बेला ११-१२ बजेतिर सबैजना लाम लागेर उभियौं । राजा आफैं ड्राइभ गरेर जाने तयारी भएको बुझिन्थ्यो।
मैले तनक्क तन्केर स्यालुट गरेँ ।
राजाले मतरि हेर्दै हेर्नुभएन ।
...
माओवादीले बुटवल हाने ।
हामी भोलिपल्ट बिहानै हेलिकप्टरमा पुग्यौं । बुटवलमा भएको जनधन क्षतिले मेरो मन छियाछिया भयो । सुरक्षाफौजको आफ्नै कमीकमजोरीका कारण त्यो क्षति हुन गएको थियो ।
बुटवलबाट फर्किएपछि दरबार जानुपर्ने कार्यक्रम रहेछ । यसपालि सुरक्षा प्रमुखहरूसँगै हामी सेकेन्ड–म्यानहरूलाई पनि डाकिएको रहेछ । जनपद, सशस्त्र, गुप्तचरका सेकेन्ड–म्यान मभन्दा पहिल्यै पुगिसकेका रहेछन् । लव राजा, प्रभुशमशेर, भरतकेशरी जर्साप पनि हुनुहुन्थ्यो ।
‘बुटवलमा के भएको रहेछ ?’ राजाबाट जिज्ञासा भयो ।
‘मैले कटवाललाई पठाएको थिएँ, उसले नै जाहेर गर्छ सरकार,’ प्यारजंग चिफसापले मलाई इसारा गर्नुभयो ।
‘सरकार, सुरक्षा फौजकै कमीकमजोरी र लापरबाहीले क्षति हुन पुगेको रहेछ,’ मैले जाहेर गरेँ ।
‘आइ होप यु विल टेक केयर अफ देम, चिफ,’ राजाबाट हुकुम भयो ।
(मलाई आशा छ, तिमी स्थिति सम्हाल्नसक्छौ सेनापति ।)
त्यतिञ्जेल ह्विस्की सर्भ भइसकेको थियो ।
एक्कासि भरतकेशरी जर्साप बोल्न थाल्नुभयो । सामान्यतया उहाँ बोल्न थालेपछि धाराप्रवाह जान्छ । अरूले मौकै पाउँदैन ।
‘अठार सालमा हामीले अत (अराष्ट्रिय तत्व) लाई ढिम्किन दिएका थिएनौं,’ उहाँले सेना र प्रहरीलाई तथानाम गाली गर्न थाल्नुभयो, ‘नाउ ह्वाट द हेल यु पिपल आर डुइङ ?’
(अहिले तिमीहरू के गरिरहेका छौ ?)
मेरो कन्सिरीका रौं तातिसकेका थिए । तैपनि चिफसाप नबोली म आफैं अघि सर्न सुहाएन । जनपद र सशस्त्रका आइजिपी पनि केही बोलेनन् । अनुसन्धान चिफ पनि मौन ।
सबैलाई मौन देखेपछि भरतकेशरी जर्साप झ्नै सुरिनुभयो, ‘फौजले मलेसियामा कम्युनिस्टलाई धूलो चटायो, यहाँ के लछारपाटो लायौ ?’
हिजो भर्खर दर्जनौं सिपाही मरेका छन् । उनीहरूका घरमा रुवाबासी चलिरहेकै छ । यहाँ दरबारमा चिसो ह्विस्की पिउँदै मैदानमा ज्यान गुमाइरहेका सिपाहीको मानमर्दन हुँदा मेरो धैर्यको बाँध टुट्दै थियो ।
‘महाराजाधिराजलाई यो ठूलो धोका हो,’ उहाँले राजाको ध्यानाकर्षण गराउन खोज्नुभयो ।
भरतकेशरी जर्सापको एकोहोरो गाली सुनिसकेपछि मैले राजाले थाहा पाउने गरी चिफसापसँग बोल्न अनुमति मागेँ । उहाँले ‘बिन्ती चढाऊ’ भनेर राजालाई देखाउनुभयो ।
‘एक–दुइटा कुरा राखौं सरकार,’ मैले अनुमति मागेँ ।
‘गो अहेड,’ सरकारबाट हुकुम भयो ।
‘मलेसियामा जर्नेलले जे निर्णय गर्यो त्यही हुन्थ्यो,’ पहिलो वाक्यमै मैले सबैको ध्यान तानेँ, ‘त्यहाँ इयान मार्टिन, राजदूत, युएन, पत्रकार, एनजिओ, आइएनजिओ थिएनन् । पार्टी थिएन । प्रजातान्त्रिक संयन्त्रको कुनै मतलब थिएन । जर्नेलको एकछत्र आदेश चल्थ्यो । ऊसँग प्रशस्त हतियार, गोलीगट्ठा, स्रोतसाधन र बन्दोबस्तीका सामान थिए । हामीले मानवअधिकारका दर्जनौं कानुन मान्नुपर्छ, मलेसियामा त्यस्तो बन्देज थियो ?’
त्यसपछि म जर्सापले भनेको २०१८ सालको घटनामा आएँ ।
‘अहिलेको विश्व ०१८ सालको जस्तो छ जर्साप ?’ मैले भनेँ, ‘सरकार र सुरक्षा फौजलाई अहिले संसारभरिबाट निगरानी हुन्छ । ०१८ साल सम्झेर अघि बढ्यो भने हावा खाइन्छ । महाराजाधिराज सरकारलाई पनि त्यस्तो पुरातन कुरा जाहेर गर्ने ? धरातलीय यथार्थ र अन्तर्राष्ट्रिय परिस्थिति बुझनु छैन, एसी कोठामा ह्विस्कीको चुस्की लिँदै प्रेसी (पुस्तिका) पढेको भरमा गफ दिन धेरै सजिलो छ जर्साप । लडाइँ कस्तो हुन्छ, रुकुम–रोल्पाका ट्रेन्चमा बसेर लड्ने सिपाहीलाई थाहा छ । ०१७–०१८ सालतिर लाठाघोचा र भरुवाको भरमा हिँड्ने एकाध सय अत र अहिलेका आतंककारी तुलना गर्न मिल्छ ?’
राजाका अगाडि म एक्लै बोलेको बोल्यै थिएँ । मैले बोलुञ्जेल कोठाभरि सन्नाटा छायो ।
भरत जर्सापलाई म लप्टन हुँदादेखि नै चिन्छु । आर्मी अफिसर ‘फिजिकली टफ’ हुनुपर्छ भन्ने मैले उहाँबाटै सिकेको हुँ । तैपनि उहाँको कुरा पचाउन नसकेर प्रतिकार गर्नैपर्ने अवस्था आयो ।
मेरो कुरा सकिएपछि महाराजाधिराज सरकार ह्विस्कीको गिलास ट्वाक्क टेबुलमा राखेर प्रभुशमशेरको घरमा जस्तै जुरुक्क उठेर अर्को कोठामा छिर्नुभयो । कसैलाई केही भन्दै भन्नुभएन । ड्युटी एडिसी विनोज उहाँको पछिपछि लागे ।
राजा बाहिरिएपछि सबै जर्याकजुरुक उठे ।
माहौल बिथोलियो ।
मलाई पनि के गरूँ, कसो गरूँ भयो । म रेस्ट–रुमतिर लम्किएँ । पछाडिबाट कसैले च्याप्प समात्यो । प्रभुशमशेर र आइजिपी श्यामभक्त थापा हुनुहुँदो रहेछ । दुवैजना भलाद्मी मान्छे ।
‘सरकारको अगाडि आज बल्ल कोही बोल्यो, मुख खोल्यो,’ दुवैले मलाई चढाउँदै भने, ‘गज्जब बोल्नुभयो ।’
मलाई त झ्नै झेक चल्यो ।
भनेँ, ‘राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ ?’
(अर्को साता नेपालयबाट प्रकाशित हुन लागेको रुक्माङ्गद कट्वालको आत्मवृत्तान्तबाट)

‘चरी मर्यो सिसैको गोलीले’.......
२३ असार ०७० : धादिङबाट फर्कंदै गरेका डन चरीलाई प्रतिद्वन्द्वी समूहले सतुंगलमा गोली हान्यो ।
२१ साउन ०७१ : धादिङ जाँदै गरेका डन चरीलाई सीतापाइलामाथि भीमढुंगामा प्रहरीले गोली हान्यो ।
एक वर्षअघि डन राधेको समूहले हानेको गोली खाएर पनि दिनेश अधिकारी चरीले ज्यान जोगाएका थिए, तर यसपालि प्रहरीको गोलीको अगाडि उनको केही लागेन, घटनास्थलमै निधन भयो ।
दर्जनौँ आपराधिक घटनाका आरोपी चरी प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । पक्राउ गर्न खटिएका प्रहरीलाई उनले विदेशबाट फोन गरी ज्यान मारिदिने धम्कीसमेत दिँदै आएका थिए ।
धादिङ एमालेका पूर्व क्षेत्रीय उपाध्यक्ष उनी केपी ओली, राजेन्द्र पाण्डे, महेश बस्नेतलगायत नेताको प्रिय थिए । चरीलाई संरक्षण गरेको भनेर मिडिया र सामाजिक सन्जालमा ओलीको आलोचना पनि हुँदै आएको थियो ।
तर, ओली समूहकै नेता वामदेव गौतम गृहमन्त्री भएपछि केन्द्रीय नेताहरूसँग चरीको सम्बन्ध बिग्रिएको थियो । एमालेकै नेता गृहमन्त्री भएको वेला सफाइ पाउनुपर्ने उनको मान्यता थियो । तर, गृहमन्त्री गौतम र ओलीले समेत सहयोग नगरेको भन्दै उनी रुष्ट भएका थिए । संरक्षण नगरेको भन्दै नेता र पक्राउ गर्न खोजेको भन्दै प्रहरीलाई धम्क्याउन थालेपछि चरी प्रहरीको तारो बनेका थिए । बुधबारको इन्काउन्टर त्यसैको परिणाम भएको स्रोतको दाबी छ ।
आफूलाई प्रहरीले पक्राउ गर्दा लागुऔषधसमेत राखिदिएर गम्भीर मुद्दामा फसाउन सक्ने भन्दै उनी सुरक्षित तरिकाले आत्मसमर्पणको तयारीमा थिए । प्रेमिका खुश्बु ओलीसँग नियमित सम्पर्कमा रहेको स्रोत बताउँछ ।
गुन्डागर्दीका नाइकेमध्ये पनि उनी उग्रस्वभावका व्यक्ति मानिन्थे । कहिल्यै नसुध्रने भएकाले यस्ता व्यक्तिलाई इन्काउन्टर गर्नुपर्ने प्रहरी अधिकारीले उठाउँदै आएका थिए ।
कसरी भए डन ?

धादिङको त्रिपुरेश्वर घर भएका उनी पहिला कांंग्रेसनिकट थिए । झगडालु स्वभाव भएकाले कांग्रेसभित्र पनि उनको झगडा भइरहन्थ्यो । पछिल्लो समय उनका परम् शत्रु रहेका राधे भण्डारी पहिला उनका मित्र थिए । दुवैजना कांग्रेसमा सँगै राजनीति गर्दथे ।
प्रहरीका अनुसार ०६१ बाट उनले काठमाडौंमा गुन्डागर्दी सुरु गरेका हुन् । गुन्डागर्दीमा सुरुमा राधे र चरी एउटै समूहमा थिए । दुईजनाबीच सम्बन्ध चिसिँदै गएपछि धादिङमा दुई पक्षबीच पटक–पटक ‘ग्याङफाइट’ हुन थाल्यो । त्यसपछि चरी कांग्रेस छाडेर एमालेतर्फ लागे । एमालेमा नेताहरूको समेत संरक्षण पाएपछि उनको झन् धेरै प्रचार भएको हो । काठमाडौंको नयाँबजार क्षेत्रलाई अखडा बनाएर गुन्डागर्दी र हप्ता असुली सुरु गर्दै आएका थिए । पहिलोपटक उनी ०६२ मा पक्राउ परेका हुन् । त्यसवेला उनी टोले गुन्डा थिए । त्यसपछि पाँचपटक विभिन्न अपराधमा उनी पक्राउ परे । तर पनि कहिल्यै सुध्रिएनन् । साढे दुई वर्षअघि गैँडाको खागसहित सिआइबीले उनलाई पक्राउ गरेको थियो । त्यो मुद्दामा पनि सफाइ पाई छुटेका थिए ।
चर्चित हुनका लागि ‘चरी’ उपनाम राखेका उनले केही वर्ष जापानमा समेत बिताएका थिए । पछिल्लो समय उनमा क्यासिनोको लत बसेको थियो । क्यासिनोमा करोडभन्दा बढी हारेको उनीनिकट बताउँछन् । खर्च जुटाउन व्यापारी र ठेकेदारलाई धम्क्याउनेबाहेक उनको अरू स्रोत थिएन । जुवाको लतले पनि उनी थप अपराधतर्फ लागेका थिए । साभार - नयाँ पत्रिका दैनिकबाट
चरिमाथि प्रहरीले यसरी सफल बनायो अप्रेसन
एसएसपी पुष्कर कार्की
दुई साताअघिदेखि नै हामीले राजधानीमा फरार अभियुक्तको खोजी अभियान सुरु गरेका थियौँ । किनकि गुन्डागर्दीका नाइकेहरूले दु:ख दिएको व्यवसायीका गुनासा पनि बढिरहेका थिए ।
व्यवसायीलाई धम्क्याएर असुल्ने गुन्डाका केही नाइकेलाई केन्द्रमा राखी हामीले खोजी अप्रेसन चलाएका थियौँ । करिब एक दर्जन व्यक्ति हाम्रो खोजीको सूचीमा थिए । उनीहरूको बारेमा सूचना लिइरहेका थियौँ ।
दिनेश अधिकारी चरी पनि हाम्रो खोजीको सूचीमा थिए । उनी काठमाडौं आउने–जाने गरेको खबर हामीले पाएका थियौँ । (बुधबार) पनि हामीले तीन–चार ठाउँमा एम्बुस चेकिङ राखेका थियौँ । भीमढुंगा धादिङ जाने बाटो भएकाले हाम्रो टोली त्यहाँ पनि थियो । अपराधीहरूले त्यो बाटो प्रयोग गर्ने हाम्रो आशंका थियो ।
चेकिङकै क्रममा एउटा मोटरसाइकलमा शंकास्पद एक व्यक्ति भाग्यो । प्रहरीको सिभिल गाडीले पछ्यायो, भीमढुंगाको उकालोको मोडमा उनले प्रहरीलाई दुई राउन्ड गोली हाने ।
त्यसपछि आत्मरक्षाका लागि प्रहरीले पनि फायरिङ गर्यो । केही समय गोली हानाहान भयो । उनी ढले । हेलमेट खोलेर हेर्दा मोस्टवान्टेड चरी रहेछन् । अप्रेसनमा लडेर हाम्रा एक कर्मचारी पनि सामान्य घाइते भएका छन् । स्रोत -नयाँ पत्रिका

Subscribe to:
Posts (Atom)