Tuesday, January 7, 2014

रिक्साचालक तिमिल्सिनाको सेलिब्रेटी कथा

ख्याउटे ज्यान, चुच्चो नाक, कानबाट विरलै ननिस्कने इयरफोन अनि दिनको १८ घण्टासम्म रिक्साको पाइडल बटार्ने उनको दैनिकी । रौतहटको चन्द्रनिगहापुर पुग्नुभएको छ भने एकजना रिक्साचालकसँग भेट हुनसक्छ, जसलाई झट्ट हेर्दा सामन्य रिक्साचालक मात्र ठान्न सक्छ, तपाईंको आँखाले । अपराध र सामाजिक विकृतिले बद्नाम मध्य तराईमा ख्याउटे ज्यानका एक रिक्साचालकको समाजसेवा सबैका लागि प्रेरणादायी भएको छ ।
kedar-timilsina-riksa-chala
रिक्साचालक

देशी तथा विदेशी संघ संस्थाबाट पाएको पैसाले मौसमी र फाइदाको समाजसेवा गर्नेहरुका लागि चन्द्रनिगहापुरका एक रिक्साचालकको निस्वार्थ सामाजिक काम एउटा गतिलो पाठ हुनसक्छ । कसलाई पो रहर हुन्छ र, दिनको १८ घण्टासम्म रिक्साको पाइडल घुमाउँदै सडकमा भौतारिने । घरको आर्थिक अवस्था कम्जोर रहेका चन्द्रनिगहापुरका रिक्सचालक केदारप्रसाद तिमल्सिनालाई चिन्न उनीसँग तपाईंले एकपटक भेटेर मात्रै पुग्दैन । उनको रिक्सामा बसेर तपाईंले मध्यतराईका केही सहर घुम्ने समय निकाल्नुभयो भने बल्ल तपाईंलाई थाहा हुनेछ, उनी एक सामन्य रिक्साचालकमात्र होइनन, एक सामाजिक अभियन्ता पनि हुन् । रिक्सा चलाएर घरको गर्जो टार्ने रौतहट चन्द्रनिगाहापुरका ३८ वषर्ीय केदारप्रसाद तिमल्सेना आफैं विरामी भएर ओच्छ्यान परे भने उनको घरको चुल्हो बल्दैन ।
आफैं दुःखको भूमरीमा बाँचिरहेका यी रिक्साचालकको मन भने कुनै अर्बपति दानीको भन्दा पनि ठूलो छ । तिमल्सेनाले रिक्साबाटै परिवार धानेको १० वर्ष भइसकेको छ । रिक्सा चलाएकै आम्दानीबाट उनले परिवारको गुजारा त चलाएका छन् नै गरिव दुखीको सेवा पनि त्यही आम्दानीले गर्न भ्याएको सुन्दा जो केहीले नपत्याउलान् । ५ कक्षासम्म पढेका उनको सामाजिक कामले क्रमश चर्चा बटुल्दै गएको छ ।

गरिवीकै कारण राम्रो शिक्षा लिन नपाएका तिमल्सेना स्थानीय एफएम देखि आधुनिक प्रविधिका सामाजिक सञ्लाजसँग पनि भिजेका छन् । रिक्साचालकको पेशा भएपनि उनले फेसबुक र अनलाइन न्युजपोर्टलहरु विहानै हेर्न भ्याइसकेका हुन्छन् ।
१० वर्षसम्म रिक्सा चलाएर पनि आफ्नो जीवनस्तरलाई उकास्न नसकेका तिमल्सेनाले यो १० वर्षमा समाजसेवामा लागेर भने मध्यतराईमा लोकप्रियता कमाइरहेका छन् । उनको लोकपि्रयता एउटा नेता र मन्त्रीभन्दा पनि माथि छ । सरकारी र गैह्रसरकारी संस्थाहरु नाफाका लागि सामाजिक काममा लागिरहँदा तिमल्सेनाले भने आफूले सक्दो सामाजिक काम निस्वार्थभावले गरिरहेका छन् ।
शरीरमा ५ खाप लुगा लाएर निस्कदा पनि मुटु काम्ने मध्यतराईको जाडोमा तिमल्सेनाले रिक्सा नचलाए चुल्होमा आगो बल्दैन । आफैं जाडोमा काम्दै रिक्साको पाइडल बटुल्ने तिमल्सेनाले यो वर्षका जस्तै कयौं जाडोमा दाँत बजाउँदै रिक्सा चलाउँदै आएका छन् । आफ्नै आँखा अगाडि शीतलहरले गाउँले मरेको देखेका तिमिल्सिनाले तराईका जिल्लामा शीतलहरबाट मृत्यु हुनेहरुको कटू यथाथए सञ्चारमाध्यमबाट पटक पटक बाहिर ल्याएका छन् । शीतलहरबाट मृत्यु भएकाहरुलाई सामन्य मान्ने सरकारको आँखा खोल्न तिमिल्सिनाले स्थानीय रेडियो, रेडियो नेपाल वीवीसमा समेत शीतलहरबाट भएको मृत्युको तथ्य पटक पटक बाहिर ल्याए । मध्यतराईमा जाडोबाट मृत्यु हुनेको समस्या बाहिर ल्याएपनि त्यहाँका आफूजस्तै गरिव निमुखाको ज्यान जोगाउ कसैले चासो नदिंदा उनको मन कम्ता कुँडिएको थिएन ।clothes-sharing
शीतलहरबाट हुने मानवीय क्षतिको कुरा दुनियाँसामू ल्याएपनि गरिवहरुको ज्यान बचाउन कसैले चासो नदिएपछि रिक्साचालक तिमिल्सिना आफैं अहिले न्याना कपडा जुटाउने अभियानमा लागेका छन् । शीतलहरले जीवन लुटेको कुरा तिमिल्सिनाले बारम्बार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उठाइ नै रहे । आफ्नो फेसबुको भित्तामा तिमिल्सिनाले लेखे ‘रौटहटमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै ।’ उनको स्टाटसले मन छोएपछि काठमाडौंमा रहेको लक्ष्मी प्रतिष्ठान केन्द्रका अध्यक्ष विष्णु गौतमले गरिव र विपन्नवर्गका मानिसलाई न्यानो दिन तिमिल्सिनाको हातमा पर्नेगरी कपडा पठाइदिए । एउटा फेसबुक स्टासबाट शुरु गरिवको ज्यान बचाउने तिमिल्सिनाको अभिायनले अहिले निरन्तरता पाइरहेको छ ।

आफ्ना निजी तथा सामाजिक कामबारे तिमिल्सिनाले दैनिकरुपमा फेसबुक, स्थानीय रेडियो र पत्रपत्रिकाबाट जानकारी दिंदै आएका छन् । रिक्साचालक तिमिल्सिनाले पुस २० गतेसम्म रौटहटका चन्द्रनिगाहपुर, राजपेडा, गौराटार, मुसहर लगायतका गाउँमा पुगेर दलित तथा अतिविपन्न परिवारलाई सर्ट, पाइन्ट, भेस्ट, कुर्ता सुरुवात र साडी वितरण गरेका छन् । प्रतिष्ठानसँगको सहकार्यमा उनले २४ सयथान कपडा रौटहटका गाउँमा वितरण गरेका उनले सामाजिक कामका लागि करोडौं पैसो र डलरवाला संस्था नै चाहिन्छ भन्ने कुरालाइ गलत सावित गरेका छन् । यसअघि आफैं कपडा बाँड्ने गरेका संघ संस्थाले पनि अलिहे रिक्सा चालक तिमिल्सिनाबाटै कपडा वितरण गर्न थालेका छन् ।

गरिवको जीवन बचाउन शुक्रबार कपडा बाँडिसकेपछि तिमिल्सिनाले फेसबुकमा लेखेका थिए,-’रौटहटको शीतलहर पीडितलाई राहत दिन क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र चन्द्रनिगाहपुरका रिक्सा चालक कपडा वितरण गर्दै लागिपरेका छन् ।’
रिक्साचालक तिमिल्सिनाले लेखेको फेसबुक स्टाटस
रिक्साचालक तिमिल्सिनाले लेखेको फेसबुक स्टाटस
एमाले नेता माधवकुमार नेपालले शीतलहरबाट जीवन बचाउन रौतहटमै कपडा बाडिरहे बेला रिक्सा चालक तिमिल्सिना पनि चन्द्रनिगाहपुरमा कपडा बाड्न व्यस्त थिए । फरक यति हो नेता नेपालले बाँडेको कपडमा स्वार्थमिश्रति गन्ध छ भने रिक्साचालक तिमिल्सिनाले निस्वार्थ गरिवको जीवन बचाइरहेका छन् । ‘रिक्सा चालक भएकोमा मलाई कुनै पछुतो छैन, रिक्सा चालक भएपनि गरिवको दुखसुखमा साथ दिंदै आएको छु ।’ तिमिल्सिनाले अनलाइनखबरसँग भने ।

 रिक्साचालक तिमिल्सिनाको सेलिब्रेटी कथा

 आर्थिक अवस्था कमजोर भएकैले रौटहटकै एक टायल कारखानामा दैनिक ५० रुपैयाँ ज्यालामा मजदुरी थालेका उनले केही समय मासिक ३ हजार रुपैयाँमा ज्यामी काम पनि गरे । साहुकँहा मजदुरी गर्दा साहुलाई चित्त बुझाउनु र उसले भनेजस्तो काम गर्न नसक्दा उनले कम्ता हण्डर भोग्नुपरेको थिए । तिमिल्सिना भन्छन्, ‘जति गर्दापनि साहुको चित्त बुभाउनै गाह्रो पर्ने, सधैं गाली खाँदा निकै रिस उठ्थ्यो र दुख पनि लाग्थ्यो ।’

 तिमिल्सिनाले भने, ‘साहुको सधैं कचकच र गाली खानु भन्दा रिक्सा चलाएरै जीविका चलाउने आँटले यता लागें । ब्रम्हाण परिवारका ३८ वषर्ीय तिमिल्सिना देशमा एफएमको लहर चलेपछि दुनियाँमाझ पुग्न थालेका हुन् । रौतहटमै रेडियो खुलेपछि विभिन्न कार्यक्रममा फोन लगाउन सुरुका उनी शुरुमा लोकदोहोरी कार्यक्रममा बढी तानिएका थिए । हरेक रेडियो कार्यक्रममा रिक्सा चलाउँदै फोनमा कुरा गर्ने तिमिल्सिनाले गाउँघरमा विकास निर्माणका काममा हुने ढिलासुस्ती र अनियमिततालाई रेडियोबाट बाहिर ल्याउन थाले । पत्रकारले नदेखेका कुरा बाहिर ल्याएर उनी पत्रकारका पनि साथी बन्न थाले । रेडियोमा फोन त अरुले पनि गर्थे तर उनी जनताका समस्यालाई गाँसेर फोन गर्ने भएकाले उनीप्रति सबैले ध्यान दिन थाले ।

 केदार तिमिल्सिना र रौतहटका रेडियो अहिले एकअर्काका पर्याय नै बनेका छन् । केदार तिमिल्सिनाको फोन नआउँदा अरु स्रोताले केदारजी कहाँ जानु भयो भन्दै रेडियोमै फोन गरेको सम्झिन्छन्, रेडियो नुनथरका स्टेशन म्यानेजर फणि महत । ‘केदारको फोन आएन भने स्रोताहरुलाई उहाँ कहाँ जानुभएको छ भनेर पटक पटक जानकारी दिनु पर्दथ्यो ।’ महत भन्छन् । नेपाली पत्रकारहरुमध्ये ऋषि धमलाको ठूलो फ्यान बताउने रिक्सा चालक तिमिल्सिनाले धमलाका हरेक कार्यक्रम सुन्ने हेर्ने गरेका छन् । कार्यक्रम सुनेर तथा हेरेपछि धमलालाई फोन गरेर सुधार्नसमेत सुझाव दिन्छन्, उनी ।

तिमिल्सिना भन्छन्,’ऋषिजसरी अरुले खतरा र सिधा प्रश्न गर्न सक्दैनन् । त्यसैले मलाई मन पर्छ, म उनको फ्यान हुँ ।’ बढ्दो चर्चासँगै सेलिब्रेटी बनेका तिमिल्सिनाले अहिले रिक्सा चलाएरै दैनिक एक हजारदेखि १७ सयसम्म दैनिक कमाउँछन् । तिमिल्सिना रौतहटका एकसय २० रिक्सा मजदुर कमिटिका सल्लाहकार समेत हुन् । जिल्लामामात्र सीमित तिमिल्सिनाको चर्चा अहिले शीतलहरबाट पीडितहरुलाई कपडा वितरण गरेपछि झनै चुलिएको छ । चर्चासँगै उनले समाजसेवाको दायरालाई पनि फराकिलो बनाउँदै लगेका छन् । ‘जीवनमा मैले ठूलो सपना देखेको छैन, म जस्तै गरिव दुखीको सेवा गर्ने शक्ति भगवानले दिइरहुन्, त्यति भए मलाई पुग्छ ।’ तिमिल्सिनाले भने ।

No comments:

Post a Comment